ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न सभामुख महराको आग्रह


एबीसी न्यूज
भाद्र २६, २०७५ मंगलबार  ९ : २७ बजे

ल्हासा, २६ भाद्र ।  सभामुख कृष्णबहादुर महराले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुंगा भएको बताएका छन् ।

चीन तिब्बत पर्यटन र साँस्कृतिक एक्सपो अन्तर्गत सोमबार ल्हासामा आयोजित ट्रान्स हिमालय वेल्ट एण्ड रोड इन्टरनेश्नल कोअपरेशन फोरमलाई सम्बोधन गर्दै सभामुख महराले बिआरआईले अन्तर्राष्ट्रिय सहकार्य र साझेदारीको क्षेत्रमा अनेकौं अवसरहरु सृजना गरेको बताएका छन् ।

बिआरआईमार्फत् हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध बिस्तार गर्ने नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य रहेको सभामुख महराले बताए । ‘बि.आर.आई.मार्फत् हिमाली क्षेत्रहरुबीच बहुआयामिक सम्बन्ध विस्तार गर्नु नेपाल र चीनका नेतृत्वको साझा लक्ष्य हो । जसले दुवै देशमा व्यापार र व्यवसायका धेरै अवसरहरु सृजना गर्नेछ’, उनले भने, ‘चीनको औद्योगिक विकास, प्रविधि विकास, व्यवसायिकता र विशाल आन्तरिक बजार तथा नेपालको प्रचुर प्राकृतिक स्रोत, भौगोलिक सामिप्यताको फाइदा आदिले मूल्य श्रृङ्खला र आर्थिक वृद्धिबीच सामञ्जस्यता ल्याउनेछ ।’

बि.आर.आई.ले पूर्वाधार र संरचना विकासमा ध्यान केन्द्रित गरेको भन्दै सभामुख महराले सीमा क्षेत्रमा पूर्वाधार विकास गर्ने पक्ष नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रको लागि ज्यादै महत्वपूर्ण भएको बताए ।

नेपाल लामो समयको राजनीतिक संघर्षपछि शान्ति तथा सामाजिक आर्थिक विकासको नयाँ अध्यायमा प्रवेश गरेको बताउँदै सभामुख महराले आर्थिक विकास र जनताको समृद्धि नै नेपालको एक मात्र राष्ट्रिय एजेण्डा भएकोले चिनियाँ लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरे ।

‘अहिले हाम्रो एकमात्र राष्ट्रिय एजेण्डा भनेको देशको आर्थिक विकास र जनताको समृद्धि हो’, सभामुख महराले भने, ‘पूर्वाधार विकास, जलविद्युत, होटेल व्यवसाय, सूचना तथा सञ्चार र स्वास्थ्य तथा शिक्षाजस्ता क्षेत्रहरुमा लगानीको राम्रो सम्भावना छ र चिनियाँ लगानीकर्ताको लागि हाम्रा नीतिहरु लगानीमैत्री छन् । त्यसैले नेपालमा लगानी गर्न म चिनियाँ लगानीकर्ताहरुलाई विशेष आग्रह गर्दछु ।’

तिब्बतमा भएको अभुतपूर्व आर्थिक विकास तथा सामाजिक साँस्कृतिक विकासले नेपालमा पनि अवसरको ढोका खोल्ने भन्दै उनले चीनले दुई दशकमा सफलतापूर्वक सञ्चालन गरेको किंगहाइ–तिब्बत रेलवे परियोजनाले नेपाल र चीनलाई रेलले जोड्न सक्ने प्रविधिको विकास गरेकोमा आफू विश्वस्त भएको बताए ।

नेपालका प्रधानमन्त्री चीन भ्रमणमा रहेको बेला भएको रेलमार्गले जोड्ने समझदारी कोशेढुङ्गाको रुपमा रहेको भन्दै सभामुख महराले रेलमार्ग, राजमार्ग, बन्दरगाह, ट्रान्समिसन लाइन र सञ्चार सम्पर्क आदिको अवधारणासहित ल्याइएको ट्रान्स–हिमालयन मल्टिडाइमेन्सिएल कनेक्टिभिटी नेटवर्कले आर्थिक विकासका नयाँ पक्षहरुलाई उकास्न सहयोग गर्ने बताए ।

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा घोषणा गरी प्रत्येक वर्ष २ मिलियन पर्यटक भित्राउने लक्ष्य राखेको भन्दै सभामुख महराले नेपालको लक्ष्य पूरा गर्न चिनियाँ पर्यटकलाई नेपाल भित्राउन चीन सरकार, ट्राभल र टुर व्यवसायीहरुबीच सहकार्य र साझेदारीको आवश्यकता भएको बताए । उनले भने, ‘पर्यटन क्षेत्रमा नेपालको लक्ष्य पूरा गर्न चीन सरकार, चिनियाँ ट्राभल तथा टुरिज्म व्यावसायिक समुदाय र लगानीकर्ताहरुको ठूलो भूमिका रहन्छ, उहाँहरुलाई नेपालको पर्यटन क्षेत्रमा अझ धेरै लगानी गर्न म विशेष अनुरोध गर्दछु ।’

अरनिको राजमार्ग नेपाल र चीन जोड्ने पहिलो ऐतिहासिक मार्ग भएको चर्चा गर्दै सभामुख महराले भौगोलिक विकटताको कारणले सीमा क्षेत्रमा राजमार्ग र रेलमार्ग निर्माणमा ठूलो लगानी र प्रयासको आवश्यकता पर्ने र त्यो दुई देशबीचको आपसी समझदारी र सहकार्यले सम्भव हुने बताए ।

उनले भने, ‘दुवै देशका पुर्खाहरुले व्यापार व्यवसाय र सामाजिक संस्कृति सम्बन्ध विस्तारको लागि कठिन हिमाललाई पार गरेका थिए । वर्तमान समयमा चीनले गरेको उच्चतम प्रविधि विकास र उत्कृष्ट सीपको मद्दतले दुई देशबीचको सीमा सम्बन्ध स्थापित गर्ने बाटोमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

नेपाल र चीनबीचको सम्बन्ध एकअर्काप्रति सम्मान, आपसी मित्रता, सहयोग, साझेदारी, सहकार्य, प्रशंसा जस्ता तत्वहरुले आत्मीय र घनिष्ठ बनेको भन्दै समाभुख महराले सीमा क्षेत्रमा कठिन हिमाल र पहाडका उपस्थितिका बाबजुद प्राचीनकालदेखि नै कायम रहेको सम्बन्ध र सहकार्यलाई अझ मजवुत बनाउन दुवै देश सक्षम भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com