ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानद्वारा पाँच हजार मेट्रिक टन चामल सहयोग


bhawani desk
भाद्र २५, २०७५ सोमबार   ४ : १३   बजे

 

काठमाडौं,२५ भाद्र । जापान सरकारले नेपाल खाद्य संस्थानलाई रु ३२ करोड ४८ लाख बराबरको चामल सहयोग उपलब्ध गराएको छ । दुर्गम जिल्लाका विपन्न वर्गलाई खाद्य अभाव हुन नदिन सन् २०१६ मा भएको सम्झौता कार्यक्रमअन्तर्गत सो सहयोग प्राप्त भएको हो ।

आज यहाँ आयोजित चामल हस्तान्तरण कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेलाई चामल हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा सचिव घिमिरेले खाद्य समस्या हुने देशका विभिन्न दुर्गम जिल्लामा चामल व्यवस्थित तरिकाले वितरण गरिने बताउनुभयो । राजदूत साइगोले नेपालको कृषि, पर्यटनलगायत क्षेत्रको विकासमा सहयोग पु¥याउने नीति रहेको बताउनुभयो ।

खाद्य संस्थानका अध्यक्ष नवराज ढकाल र महाप्रबन्धक योगेन्द्र गौचनले खाद्य उत्पादनमा समस्या रहेका हुम्ला, जुम्ला, डोल्पा, मुगुलगायत हिमाली जिल्लाका गरीब जनताको सहयोगका लागि जापान सरकारले विगतमा पनि विभिन्न प्रकारका सहयोग उपलब्ध गराउँदै आएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group