ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनी तथा उखु आयात रोक्नका सम्बन्धित निकायलाई प्रधानमन्त्री ओलीको निर्देशन


एबीसी न्यूज
भाद्र २३, २०७५ शनिबार  ७ : २२ बजे

काठमाडौँ, २३ भाद्र ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उखु कृषकको समस्या समाधानका लागि तत्काल चिनी आयात रोक्न निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा शुक्रवार साँझ सरोकारलासँग छलफल गर्दै उखु कृषकको समस्या देशको साझा समस्या भएको भन्दै चिनी तथा उखु आयात रोक्नका लागि सीमा नाकामा कडाई गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

“उखु कृषकको समस्या पुरानै हो, अब यसलाई केही हिसाबले हल गर्नेपर्छ, तत्कालका लागि चिनी आयात रोकौ र पारी (भारत) बाट उखु ल्याउन पाइँदैन, र उद्योगीले उखु किन्दिन भन्न पनि पाउदैनन्, त्यसैले सीमा नाकामा पुरै कडाई गर्न म गृहमन्त्रालयको ध्यानाकर्षण गराउँछु”–प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकलाई चिनीमा आत्मनिर्भर बनाउने गरी चिनीको आवश्यकता, खपत र कृषक एवं उद्योगीको समान हित हुनेगरी उपयुक्त ढंगले उखु र चिनीको मूल्य निर्धारण गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “चिनीमा हामी आत्मनिर्भर हँुदैछौ, यो खुसीको कुरा हो, आत्मनिर्भर हुने बाटोमै जानुपर्छ, अहिले तपाईँ (व्यवसायी) को आँकडाअनुसार अर्को वर्ष नै आत्मनिर्भर भइहाल्दैनौँ, अलिकति कम हुन्छ, चिनी आयात सरकारले हैन व्यापारीले नै गरिराखेको हो । यो सरकार गठन भएदेखि नै उखु किसानको समस्याप्रति म गम्भीर भएर छलफल गरेको पनि हुँ । यो समस्या छिट्टै समाधान हुन्छ ।”

सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले कम्तिमा छ महिनाका लागि चिनी मौज्दात भएकाले तत्कालका लागि आयात रोकेर उखु कृषक तथा उद्योगसँग सम्बन्धित समस्या सधाधान गर्न सकिने धारणा राख्नुभयो । उहाँले उखु किसानको बाँकी भुक्तानी आगामी १५ दिनभित्र उपलब्ध गराइने बताउनुभयो ।

छलफलमा सहभागी सांसद, उखु कृषक, चिनी उद्योगीले कृषकको समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न आग्रह गर्नुभएको थियो । उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनाली, नेपाल उखु उत्पादक किसान संघका अध्यक्ष राजकुमार उप्रेती, चिनी उद्योगी राजेश केडियालगायतले कृषकले ऋण गरेर उत्पादन गरेको उखु बिक्री नहुँदा समस्या परेको भन्दै लागतअनुसारको मूल्य र पाउनुपर्ने भुक्तानी उपलब्ध गराउन माग गर्नुभयो ।

संघीय संसद् तथा प्रदेश सभाका सांसदले कृषकले दुःख गरेर उत्पादन गरेको उखुको मूल्य हचुवाको भरमा तोक्ने गरिएकाले किसान सधैँ मर्कामा परेको भन्दै आयोग बनाएर भए पनि समस्या समाधान गरिनुपर्ने धारणा राख्नुभयो ।
सांसद हृदयश त्रिपाठी, अनिल झा, उमाकान्त चौधरी, भरत साह, रामेश्वर राय, अनिलकुमार झालगाउतले मुलुक चिनीमा आत्मनिर्भरतर्फ अघि बढेको सन्दर्भमा चिनी आयात बन्द गरी आन्तरिक उत्पादनलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिनुभयो ।

छलफलमा प्रधानमन्त्री ओली, अर्थमन्त्री डा खतिवडा, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव र सम्बन्धित मन्त्रालयका सचिव उपस्थित हुनुहुन्थ्यो ।

महासंघको तथ्याङ्कअनुसार नेपालमा १२ वटा चिनी उद्योग सञ्चालनमा छन् ती उद्योगमा करीब  तीन हजार करोड पुँजी लगानी भएको छ भने एक लाख उखु कृषक परिवार आबद्ध रहेका छन् । यस क्षेत्रमा करीब दुई लाखले प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी पाएका छन् ।

आव २०७४÷०७५ मा एक लाख ७७ हजार ९२४ मेट्रिकटन चिनी उत्पादन भएको थियो । चालु आवमा करिब ४० प्रतिशत उखु उत्पादन वृद्धि भई अनुमानित दुई लाख ४० हजार मेट्रिकटन चिनी उत्पादन हुने जनाइएको छ । हरेक वर्ष चिनी उद्योगले उखु कृषकलाई करीब एक हजार करोड भुक्तानी गर्ने गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेनको सचिवालय टिम गठन :प्रमुख सल्लाहकारमा बेन, राजनीतिक सल्लाहकारमा असिम शाह अरु को को ?

अन्तर्राष्ट्रिय समुदायको तत्काल चासो : बालेन सरकारसँग काम गर्न उत्सुक छन् शक्ति राष्ट्रहरू !

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com