ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागबेली झार बिक्री हुन छाडेपछि उपभोक्ता निराश


bhawani desk
भाद्र २२, २०७५ शुक्रबार   ४ : २३   बजे

पर्वत, २२ भाद्र । विगतमा नागबेली झारबाट मनग्य आम्दानी गर्दै आएका यहाँका बासिन्दा अहिले निराश छन् ।

सामुदायिक वनमा प्रसस्त मात्रामा पाइने नागबेली झार बिक्री हुन छाडेपछि उनीहरु निराश बनेका हुन् । जलजला गाउँपालिका–९ बनौं, वडा नं ५ लेखफाँट, ६ शालिजा तथा मोदी गाउँपालिका–१ भुकताङ्ले र क्याङमा नागबेली पर्याप्त पाइन्छ । नागबेली झारबाट उत्पादित पाउडर विदेश निर्यात गर्दै आएका किसान हाल निराश छन् । दुई वर्षयता नागबेलीको पाउडर निर्यात हुन सकेको छैन ।

उपभोक्ताले सामूहिक रुपमा नागबेली सङ्कलन गरी बिक्री गर्दै आएका थिए । हाल नागबेली बिक्री हुन छाडेको छ । अहिले लाखौं रुपैयाँको सो झार वनमै कुहिन थालेको छ । स्थानीयस्तरमा लहरे झार, सिन्धुरे, वनमाला, सिमाललगायत झार विवाह व्रतबन्ध लगायतका काममा प्रयोग गरिँदै आएको थियो । सो झारको कोसाबाट विभिन्न शृृङ्गारका सामाग्री बन्ने थाहा पाएपछि किसान उत्साहित भएका थिए ।

कमेरे तथा छहरे पाखा सामुदायिक वन उपभोक्ता समूह क्याङका सदस्य श्याम प्रकाश पुर्जाका अनुसार यहाँका तीन सामुदायिक वन समूहले छुट्टाछुट्टै समूहमा नागबेली कोसा सङ्कलन गर्ने गरेका थिए । सङ्कलन गरिएको कोसालाई घाममा सुकाएर प्रशोधन गरी पाउडर बनाएर बिक्री गरिँदै आएको थियो ।

दुई वर्षअघि लोहोसे सामुदायिक वन उपभोक्ता समूह खुइजुरीबाट दुई सय किलो तथा छहेरे तथा कमेरा पाखा वन समूहबाट १५० किलो पाउडर उत्पादन गरी बिक्री गरिएको थियो । चिसापानी वन समूह लेस्पारले भने कोसा नै बिक्री गरेको थियो ।

किसानले प्रतिकिलो रु सात सयदेखि रु आठ सयसम्म आम्दानी गर्ने गरेका थिए । जिल्ला वन कार्यालयका अनुसार जिल्लामा १० टन भन्दा बढी पाउडर उत्पादन हुने अनमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group