ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाँके जिल्लामा ट्राफिक व्यवस्थापनमा कठिनाइ


bhawani desk

बाँके, २१  भाद्र । जनसङ्ख्याको बढ्दो चाँपसँगै बाँके जिल्लामा ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको छ । जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको सङ्ख्या न्यून हुँदा व्यवस्थापनमा कठिनाइ भइरहेको छ । शहरी क्षेत्रको विस्तारका साथै सवारी साधनको चाप बढेकाले पनि सो कठिनाई सिर्जना भएको हो ।

जनसङ्ख्याको अनुपातमा ट्राफिक प्रहरीको दरबन्दी अभाव छ । दरबन्दी अभावकै कारण अहिले जिल्लाको ट्राफिक व्यवस्थापन काजमा आएका ट्राफिकको भरमा चलेको छ । चौबिस जनाको दरबन्दी रहेको जिल्लामा काजमा आएकासहित ३१ जनाको भरमा चलिरहेको छ ।
“काजमा आएका ट्राफिक प्रहरी कतिबेला काज फिर्ता लिएर जान्छन् भन्ने टुङ्गो छैन ।”, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले भन्नुभयो, “काज फिर्ता भए व्यवस्थापनमा थप कठिनाइ हुन्छ । जनसङ्ख्या वृद्धि उच्च रहे पनि दरबन्दी थप नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ ।”

ट्राफिक प्रहरीले शहरोन्मुख क्षेत्र खजुरा, कोहलपुर, शमसेरगञ्जका साथै पूर्व–पश्चिम राजमार्गको ७० किलोमिटर क्षेत्रमा पनि ट्राफिक व्यवस्थापन गर्नु परिरहेको छ । ‘‘बढ्दो जनसङ्ख्यासँगै सोही अनुपातमा चल्ने सवारीको सङ्ख्या हेर्ने हो भने बाँकेमा कम्तिमा ८० ट्राफिक प्रहरीको दरबन्दी आवश्यक छ”, उहाँले उल्लेख गर्नुभयो ।

बाँकेमा ४५ हजारको हाराहारीमा दैनिक सवारी साधन गुड्ने ट्राफिक प्रहरीको अनुमान छ । सवारी साधनको यो सङ्ख्याको अनुपातमा एक ट्राफिक प्रहरीले करीब ८२० सवारी साधन हेर्नुपर्ने हुन्छ ।

प्रहरी निरीक्षक रोकायले भन्नुभयो, “सवारी चालक अनुमतिपत्र, ब्लुबुक जाँचलगायत सवारी नियम उल्लङ्घनका काममा जनपद प्रहरीले सघाउँदा केही सहज भइरहेको छ ।” सवारी साधनको वृद्धि उच्च रहेसँगै ट्राफिकमैत्री पूर्वाधार नहुँदा जिल्लाको ट्राफिक व्यवस्था झन् जटिल बन्दै गएको छ ।
भाडाका घरमा ट्राफिक प्रहरी

जिल्ला ट्राफिक प्रहरी कार्यालय र ट्राफिक प्रहरी पोष्ट कोहलपुर (साविकको मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय) बाहेक ११ ट्राफिक प्रहरी पोष्ट भवन अभावमा भाडाका घरमै छन् ।

ट्राफिक प्रहरी पोष्ट नेपालगञ्ज (बसपार्क) फुल्टेक्रा, गनापुर, शम्सेरगञ्ज, कुसुम, सम्झना, धनौली, मदनचोक, कोहलपुर (चप्परगौडी), कोहलपुर (हाइस्कूल) र चिसापानीको आफ्नै भवन नहुँदा भाडाका घरबाट सञ्चालन गर्नु परिरहेको प्रहरी निरीक्षक रोकायले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीको सहयोगका कारण घरभाडालगायत ट्राफिक व्यवस्थापनका काम सहज भएको छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com