ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिविका केन्द्रीय विभाग स्वायत्त बनाउन सुझाव


bhawani desk
भाद्र २०, २०७५ बुधबार  ११ : ३५ बजे

काठमाडौं,२० भाद्र । उच्चशिक्षा सुधार परियोजना कार्यान्वयन परिषद्ले त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरुलाई स्वायत्त बनाउन सुझाव दिएको छ ।

त्रिवि स्वायत्ततासम्बन्धी नियम, २०६२ (संशोधन) लाई संशोधन गर्न गठित संशोधन प्रस्ताव मस्यौदा समितिले त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियासमक्ष आज संशोधन प्रस्तावको मस्यौदा पेश गरेको हो ।

संशोधन प्रस्ताव मस्यौदा तयारी समितिका संयोजक एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा डा रामप्रसाद खतिवडाले उपकुलपति प्रा डा खनियासमक्ष उक्त प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।

समितिमा जनप्रशासन केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा टेकनाथ ढकाल, भूगर्भशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा लालुप्रसाद पौडेल, अङ्ग्रेजी केन्द्रीय विभागका विभागीय प्रमुख प्रा डा अम्मराज जोशी, पाटन संयुक्त क्याम्पसका सहप्राध्यापक राजेन्द्रकुमार पौडेल एवं खुला तथा दूरशिक्षा केन्द्रका सहप्राध्यापक गङ्गाराम गौतम हुनुहुन्थ्यो ।

यसैगरी त्रिभुवन विश्वविद्यालय स्रोत साधन परिचालन र व्यवस्थापन अध्ययन प्रतिवेदनसमेत त्रिवि उपकुलपति प्रा डा तीर्थराज खनियासमक्ष पेश गरिएको छ । त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीको संयोजकत्वमा गठित समितिले विश्वविद्यालयभित्रको विभिन्न आर्थिक, भौतिक एवं जग्गा जमीनसमेतको वर्तमान अवस्था र त्यसको उपयोगको अवस्थाबारेमा अध्ययन गरी उक्त प्रतिवेदन तयार पारेको हो ।

स्रोत साधन परिचालन र व्यवस्थापन अध्ययन समितिमा प्रा डा ओम शर्मा, प्रा डा रामचन्द्र ढकाल, प्रा डा रामप्रसाद ज्ञवाली, प्रा डा ऋदिशकुमार पोखरेल, डा शिवराज अधिकारी, डा उदयकिशोर तिवारी, डा शेरजङ्ग खड्का र कुमारप्रसाद हुमागाईं सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

गणनास्थलमा मतपेटिका प्रहरीले नै ढुवानी गर्छ : गृहमन्त्री अर्याल

सम्बन्धित

कांग्रेसले सरकार बनाए सबैभन्दा पहिला देउवाको सम्पत्ति छानबिन हुन्छ : गगन थापा

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com