ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चन्दा सङ्कलन गरेर कम्प्युटर कक्षा सञ्चालन


bhawani desk
भाद्र ११, २०७५ सोमबार  ११ : ०९ बजे

 

खोटाङ, ११ भाद्र । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविमा कम्प्युटर कक्षा सञ्चालन गरिएको छ ।

सुन्तले स्थायी घर भई हाल बेलायत (युके)मा बस्दै आउनुभएका चन्द्र राईको नेतृत्वमा सङ्कलन गरिएको ११ थान कम्प्युटर जडान गरेर कक्षा सञ्चालन गरिएको हो ।

विद्यालयमा विद्युत् नभएको समयमा पनि निरन्तर कक्षा सञ्चालन गर्न १६ थान सोलार सेटसमेत जडान गरिएको छ । समाजसेवी राईले नौ थान कम्प्युटर र १६ थान सोलार सेट साकुमा फ्रेण्डसिप ट्रष्ट युकेमार्फत विद्यालयलाई उपलब्ध गराउनुभएको प्रधानाध्यापक तुलसीराम पोखरेलले जानकारी दिनुभयो ।

थप तीन थान कम्प्युटर ध्यानकुमार राई, उषा–दीपेन राई र मुकेश राईले एक÷एक थान उपलब्ध गराउनुभएको जनाइएको छ । विद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि रु १२ लाख २५ हजार बराबरको अक्षयकोषसमेत स्थापना गरिएको छ ।

सुन्तलेमा जन्मिएर विभिन्न देशमा कार्यरत प्रवासीबाट रु १० लाख ८९ हजार र स्थानीयवासीबाट सङ्कलन भएको रु एक लाख ४३ हजार गरी अक्षयकोष स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रमणि राईले बताउनुभयो ।

‘सुन्तले कम्प्युटर सञ्चालन अक्षयकोष’ नाम दिइएको अक्षयकोष स्थापनाका लागि कुवेतमा रहनुभएका सुन्तलेका केदार आलेमगरको नेतृत्वमा रकम सङ्कलन गरिएको जनाइएको छ ।

अक्षयकोषमा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले रु १० हजार, गाउँपालिका प्रमुख शालिकराम बञ्जराले रु २० हजार ५००, उपप्रमुख गोमा मगरले रु पाँच हजार र नेपाल कम्युनिष्ट पार्टीका स्थानीय युवा नेता निश्चल खड्काले रु सात हजार रकम उपलब्ध गराउनुभएको अध्यक्ष राईले जानकारी दिनुभयो ।

भौगोलिकरुपमा विकट मानिने सुन्तलेमा पहिलो पटक कम्प्युटर कक्षा सञ्चालन भएपछि कम्प्युटर सिक्ने विद्यार्थी तथा स्थानीयको भीड लागेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीसँगै स्थानीयवासीले समेत थोरै शुल्क तिरेर आफ्नै ठाउँमा कम्प्युटर शिक्षा हासिल गर्न पाउने भएपछि सुन्तलेवासी हर्षित भएका छन् ।

तीन सय ७१ जना विद्यार्थी अध्ययनरत विद्यालयमा स्थापना गरिएको कम्प्युटर कक्षामा केही दिनमै कम्प्युटर सिक्न चाहने स्थानीयवासीलाई समेत अवसर दिइने सञ्चालक समितिले जनाएको छ ।

विद्यालयमा कम्प्युटर कक्षा स्थापना भएसँगै इमेल-इन्टरनेट सेवासमेत विस्तार गर्ने तयारी गरिएको प्रअ पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

तल्लो तहलाई प्रचण्डको “सेक्रेट” परिपत्र: मतगणना नहुन्जेल मतपेटिका नछोड्नू

प्रचण्डको कार्यकर्तालाई निर्देशन– यो सामान्य निर्वाचन होइन, जीवन-मरणका रूपमा लिनुस्

सम्बन्धित

चुनावलाई निष्पक्ष बनाउन सरकार गम्भीर देखिएनः अध्यक्ष ओली

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा

आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरण बन्द

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com