
कञ्चनपुर,९ भाद्र । कञ्चनपुर भीमदत्त नगरपालिका १८ सालघारीका गोली लागेर मृत्यु भएका सनी खुनालाई शहिद घोषणा गर्न परिवारले माग गरेको छ । शुक्रबार भएको विरोध प्रदर्शनमा गोली लागेर १७ वर्षीय खुनाको मृत्यु भएको थियो ।
महाकाली अञ्चल अस्पताल नपुर्याउँदै खुनाको मृत्यु भएको हो । मृतकी आमा मञ्जु खुनाले छोरालाई सरकारले शहिद घोषणा गर्नुपर्ने बताइन् । उनले शहिद घोषणा नगरेसम्म शव नबुझ्ने बताएकी छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि झण्डै एक महिनादेखि कञ्चनपुर आन्दोलित छ ।
भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टले मृतकका परिवारलाई तीन लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
उनको मृत्युपछि स्थितीलाई नियन्त्रणमा लिन हिजो बेलुका आठ बजेदेखि लगाइएको कर्फ्यू अझै पनि जारी छ । घटनाको छानविन तथा निकासको लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बिहान ८ बजेदेखि सर्वपक्षीय बैठक बसेको छ ।







प्रतिक्रिया दिनुहोस्