ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान


bhawani desk
भाद्र ४, २०७५ सोमबार   १ : १६   बजे

 काठमाडौँ, ४ भाद्र । यही भदौ ११ देखि २२ गतेसम्म मलेसियामा हुने एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्ने नेपाली क्रिकेट टोली आज श्रीलङ्का प्रस्थान गरेको छ ।

नेपाली टोलीले श्रीलङ्कामा रहँदा त्यहाँको तीन स्थानीय क्लबसँग अभ्यास खेल खेलेपछि भदौ ११ गते श्रीलङ्काबाटै मलेसिया प्रस्थान गर्नेछ । नेपालले पहिलो अभ्यास खेल बुधबार श्रीलङ्काको आर्मी क्रिकेट टोलीसँग पानागोडामा खेल्नेछ ।

दोस्रो अभ्यास खेल शुक्रबार ब्लुमफिल्ड क्लबसँग उसैको मैदानमा खेल्नेछ । अन्तिम अभ्यास खेलमा नेपालले कोल्ट्ससँग आगामी आइतबार खेल्नेछ ।

नेपाली टोलीलाई सभामुख कृष्णबहादुर महराले जितको शुभकामनासहित आज बिदाइ गर्नुभयो । उहाँले प्रतियोगितामा विजयी बन्दै एशियाकप खेल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । सभामुख महराले केही समयअघि एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गरेको उत्कृष्ट प्रदर्शनले आफू अत्यन्त खुशी भएको बताउँदै नेदरल्याण्डस्सँगको खेल जस्तै मलेसियामा उत्कृष्ट प्रदर्शन गर्न खेलाडीलाई आग्रह गर्नुभयो ।

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले पछिल्लो समय वर्षाका कारण प्रशिक्षणमा केही समस्या भए पनि श्रीलङ्कामा हुने अभ्यास खेलले नेपालको प्रदर्शनमा सुधार हुने बताउनुभयो । प्रतियोगितामा सहभागी हुने सबै टोली उत्कृष्ट रहेको बताउँदै उहाँले नेपालको लक्ष्य एशिया कपका लागि छनोट हुने रहेको प्रतिक्रिया दिनुभयो ।

कप्तान पारस खड्काले प्रतियोगिता जित्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । “एक दिवसीय मान्यता पाइसकेको नेपालका लागि प्रतियोगिता जित्नुपर्ने दबाब छ, हाम्रो लक्ष्य पनि प्रतियोगिता जितेर भारत र पाकिस्तानसँग खेल्ने नै हो”, कप्तान खड्काले भन्नुभयो ।

छोटो समय भए पनि नयाँ ब्याटिङ प्रशिक्षकबाट नयाँ प्राविधिक कुरा सिक्ने मौका पाएको बताउँदै कप्तान खड्काले बलिङ, ब्याटिङ र फिल्डिङमा राम्रो प्रदर्शन गर्न सके प्रतियोगिता जितिने बताउनुभयो ।

एशिया कपको छनोटमा नेपालले आयोजक मलेसियासहित युनाईटेड अरब इमिरेटस ( युएइ), हङ्कङ, सिङ्गापुर र ओमानसँग प्रतिष्पर्धा गर्नेछ । छनोटको पहिलो खेलमा नेपालले ओमानसँग भदौ १३, युएइसँग भदौ १४, आयोजक मलेसियासँग भदौ १६, सिङ्गापुरसँग भदौ १७ र हङ्कङसँग भदौ १९ गते खेल्नेछ ।

प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा खेल्नेछन् भने उक्त प्रतियोगिता विजेताले यही भदौ २८ गतेदेखि युएईमा हुने एशिया कपमा सहभागिता जनाउन पाउनेछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तानजस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ । छनोटको बिजेताले एशिया कपको समूह ‘ए’ मा रहेको भारत र पाकिस्तानसँग समूह चरणको खेल खेल्नुपर्नेछ ।

नेपाली टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन् । वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुशन भारी छन् । वेस्ट इण्डिजमा त्यहाँको घरेलु लिग खेलिरहेका सन्दीप लामिछाने भने अभ्यास खेलमा सहभागी हुने छैनन् । उनी वेस्ट इण्डिजबाट प्रतियोगिता खेल्न सिधैँ मलेसिया आउने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group