ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एशियाली खेलकूदमा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दै


bhawani desk

माडौं,३ भाद्र । इण्डोनेशियामा शनिबारदेखि शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज नौ खेलमा प्रतिस्पर्धा गर्दैछ ।

इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का तालीम तथा प्रशिक्षण विभाग निर्देशक रिमबहादुर रानाभाटले जानकारी दिनुभयो ।

फूटबलमा नेपाल शुरुआती दुई खेलमा पराजित भएसँगै समूह चरणबाटै बाहिरिने लगभग निश्चित छ । समूह चरणको अन्तिम खेलमा आज पाकिस्तानसँग वेस्ट जाभास्थित शहीद चन्द्रभागा रङ्गशालामा प्रतिस्पर्धा गर्नेछ ।

नेपालले हालसम्म एशियाली खेलकूदमा खेलेका १७ खेलमा नै पराजय भोगेको छ । सत्र खेलमा ६८ गोल खाँदा केबल १ गोल गर्न सकेको छ ।

त्यस्तै तेक्वान्दोमा कमल श्रेष्ठ र पार्वती गुरुङले चाइनिज ताइपेहका खेलाडीसँग प्रतिस्पर्धा गर्दैछन् । यस्तै महिला टिम इभेन्ट्सतर्फ उज्वेकिस्तानसँग खेल्नेछ ।

फेन्सिङ सावर इभेन्टमा कमला श्रेष्ठ र रवीना थापाले प्रतिस्पर्धा गर्दैछन् । पुल एमा रहेकी कमलाले जापान, मङ्गोलिया, हङ्कङ, चीन, इण्डोनेशिया र भियतनामकी खेलाडीसँग प्रतिष्पर्धा गर्दैछन् । रवीनाले दक्षिण कोरिया, कम्बोडिया र इरानकी खेलाडीसँग प्रतिस्पर्धा गर्नेछिन् ।

कुस्तीमा भागवत साह, सरोज यागद र सुरेश सुनारले प्रतिष्पर्धा गर्दैछन् । उसुको ५२ केजी तौल समूहअन्तर्गत जुनी राईले भियतनामका खेलाडीसँग र ६० केजी तौल समूहमा मङ्गलप्रसाद थारुले इण्डोनेशियाका खेलाडीसँग प्रतिष्पर्धा गर्दैछन् ।

नेपालले आजै ब्याडमिन्टनको महिला तथा पुरुष टिम इभेन्ट्समा नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्दैछ । ब्याडमिन्टनको टिम इभेन्ट्समा पुरुषतर्फ नेपालका विकास श्रेष्ठ, रत्नजीत तामाङ, नवीन श्रेष्ठ र दीपेश धामीले प्रतिष्पर्धा गर्दछन् ।

महिला टिम इभेन्ट्समा पनि नेपालले आजै पहिलो खेल माल्दिभ्ससँग खेल्दैछ । मल्भ्दिसविरुद्ध खेल्ने नेपाली खेलाडीमा नङ्सलदेवी तामाङ, अमिता गिरी, जेशिका गुरुङ र रसिला महर्जन छन् । नेपालले कबड्डीमा आयोजक इण्डोनेशियासँग प्रतिस्पर्धा गर्दैछ ।

यही भदौ १७ गतेसम्म हुने एशियन गेम्समा ४५ देशका ११ हजार पाँच खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाएका छन् । प्रतियोगितामा ४० खेल सहभागी छ । चालीसमध्ये नेपालले २९ खेलमा प्रतिपर्धा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com