ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चेल्सीले आर्सनललाई ३–२ ले हरायो


एबीसी न्यूज
भाद्र ३, २०७५ आईतबार  ८ : २४ बजे

काठमाडौ, ३ भाद्र । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई ३-२ ले हराएको छ । गएराति भएको निकै प्रतिस्पर्धात्मक खेलमा चेल्सीलाई जिताउन पेद्रो, मोराटा र ओलोन्सोले गोल गरे ।

खेलको ३७ औ मिनेटसम्म चेल्सीले २ शून्यको अग्रता लिएको थियो तर आर्सनलका म्खित्र्यानले ३७ औ र इवोभीले ४१ औ मिनेटमा गोल गर्दै पहिलो हाफसम्मको खेल २–२ को बराबरीमा पुर्याए । २ शून्यले पछि परेको अवस्था उल्ट्याए पनि अन्ततः आर्सनलले हार भने टार्न सकेन । ८० मिनेटसम्म बराबरीमा रहेको खेलको ८१ औँ मिनेटमा ओलोन्सोले गोल थपे । यहि गोल चेल्सीका लागि विजयी गोल बन्यो । र, २ खेलबाट ६ अंक बनाउँदै चेल्सी अंक तालिकाको शीर्ष स्थानमा उक्लियो ।

तर चेल्सीका प्रशिक्षक मोउरिजिओ सार्रीले प्रिमियर लिगको उपाधि जित्न चेल्सीलाई सजिलो नभएको प्रतिक्रिया दिएका छन् । म्यानचेष्टर सिटीको उपाधि जोगाउने यात्रा रोक्न र चेल्सीले उपाधि जित्न चेल्सीका खेलाडीले अझै धेरै सुधार गर्नुपर्ने उनको भनाई छ ।

आजको खेल ७५ औ मिनेटसम्म रमाइलो भएपनि त्यसपछिको १५ मिनेट भने भयानक रहेको सार्रीको टिप्पणी छ ।

खेलको शुरुवाती २० मिनेटमै २ गोल गरे पनि त्यसपछि पहिलो हाफभित्रै २ गोल खाएको प्रति सार्री असन्तुष्ट देखिएका थिए । तर टिमप्रति आशावादी हुँदै उनले भने – ‘अबका २ महिनामा टिमले कमजोरी सुधार्ने र आर्सनलसँगको शुरुवाती २५ मिनेटको जस्तै खेल प्रस्तुत गर्नेमा आफू आशावादी छु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com