ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर सय गन्तव्य : मन्त्री अधिकारी


admin
भाद्र २, २०७५ शनिबार  ५ : ५६ बजे

काठमाडौँ, २ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्यटकलाई काठमाडौँ र पोखरा मात्र नभई मुलुकभरी नै पु¥याउन देशभर एक सय गन्तव्यको पहिचान गरिएको बताउनुभएको छ ।

फास्टफुड एसोसिएसन नेपालको छैठौँ अधिवेशनको राजधानीमा शनिबार उद्घाटन गर्दै मन्त्री अधिकारीले भन्नुभयो–“मुलुकमा पर्यटक संख्यामात्र होइन, गुणस्तरीय पर्यटक पनि आवश्यक छ । त्यसका लागि गुणस्तरीय फास्टफुड, क्याफे, रेष्टुराँ र होटल आवश्यक हुन्छ ।”

सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने तयारी गरिरहेको र त्यसका लागि सम्पदाको पुनःनिर्माण द्रूत गतिमा भइरहेको चर्चागर्दै मन्त्री अधिकारीले भन्नुभयो–“पर्यटकका लागि सम्पदा क्षेत्रमा राति पनि हेर्ने व्यवस्थाका लागि नाइटलाइफ सुरु गरिने छ । होटल खुला राख्ने समयसीमा समेत बढाइने छ ।”

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ घण्टा नै सञ्चालनमा ल्याउने प्रयत्न भएरहेको चर्चा गर्दै मन्त्री अधिकारीले भन्नुभयो–“मुलुकका उद्योगधन्दा, विकास निर्माण र सेवाका क्षेत्रहरु २४ घण्टा नै सञ्चालनमा आउनसके मात्र मुलुकले चाँडै समृद्धि प्राप्त गर्ने छ ।”

उहाँले पर्यटनको क्षेत्रमा रहेको पुरातन सोंचलाई बदल्दै नयाँ सोंचका साथ पर्यटन व्यवसायलाई अगाडि लैजानुपर्नेमा जोडदिँदै फास्टफुड एसोसिएसनले दक्ष जनशक्ति उत्पादनमा समेत जोडदिन आग्रह गर्नुभयो ।

उहाँले नेपालमा एक करोड पर्यटन नल्याएसम्म र कूल ग्राहस्थमा २० प्रतिशत योगदान नभएसम्म पर्यटन विकासले विश्राम लिन नसक्ने बताउनुभयो ।

कार्यक्रममा मन्त्री अधिकारीले फास्टफुड एसोसिएसनमा विभिन्न गतिविधिमा सहयोग गर्नेहरुलाई सम्मानपत्र प्रदान गर्नुभयो । सोही अवसरमा मन्त्री अधिकारीले बुद्धनगरस्थित फास्टफुड एसोसिएसनको नवनिर्मित भवनको उद्घाटन समेत गर्नुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष फडिन्द्रबहादुर श्रेष्ठ (गोपाल) ले घरभाडा करसमेत व्यवसायीले तिरेर अनेक समस्याका बावजुद फास्टफुड व्यवसायीले व्यवसाय गरिरहेको बताउनुभयो ।

कार्यक्रममा होमराज श्रेष्ठ र हिमाल श्रेष्ठले फास्टफुड व्यवसायीले समस्याबारे चर्चा गर्नुभएको थियो । अधिवेशन व्यवस्थापन समितिका संयोजन नविन श्रेष्ठका अनुसार, अधिवेशनले केशरबहादुर श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ । समितिको उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिवमा क्रमशः राजकुमार श्रेष्ठ ‘राजु’, होमराज श्रेष्ठ, नविन श्रेष्ठ र बाबुराम कार्की सर्वसम्मत हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com