ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विहानै देशभर बम आतंक , सुरक्षा व्यवस्था कडा, तर्साउन राखिएको हो आत्तिनु पर्दैन – प्रहरी


एबीसी न्यूज


काठमाडौं, २९ साउन । मंगलबार विहानै राजधानी उपत्यकाका सहित देशका विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेका छन् । बम तथा शंकास्पद बस्तु फेला परेपछि अहिले राजधानीको लगाएत देशभरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न आठ स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेको नेपाल प्रहरी जनाएको छ । भने चितवन, झापा, बझाङ, रोल्पा, मकवानपुर लगाएतका विभिन्न जिल्लाहरुमा प्रेसर कुकर बम , रिमोट बम र प्लाष्टिकमा पोको पारिएका शंकास्पद बस्तु नेपाल प्रहरी र नेपाली सेनाको प्राविधिक टोलीले निष्क्रिय पारेको र केही स्थानमा नेपाली सेनाको बम डिस्पोज टोली पुग्दै गरेको प्रहरीले जानकारी दिएको छ ।

नेपाल प्रहरीका अनुसार राति ३ बजेदेखि नै प्रहरी परिचालित भएको र केही स्थानमा भेटिएका शंकास्पद बस्तु प्रहरी आफै र केही स्थानमा सेनाको सहयोगमा निष्क्रिय पारिको छ । विहानैदेखी राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ भने ठाउँठाउँमा चेकजाच पनि गरिएको छ ।

तर्साउने नियतले प्लाष्टिकमा पोको पारेर शंकास्पद बस्तु मान्छेको आवतजावत हुने ठाउँमा राखिएको प्रहरीले जनाएको छ ।
भक्तपुरको सूर्यविनायक, आदर्श चोक र मध्यपुरठिमी नगरपालिका–१ लोकनथलीमा मंगलबार बिहानै प्रेसर कुकर बम भेटिएको थियो । प्रहरी तथा सेनाको बम डिस्पोजल टोलीले सूर्यविनायकको आदर्श चोक र मध्यपुरठिमीको लोकनथलीमा राखिएको प्रेसर कुकर बम बिहान ६ बजे निष्क्रिय पारेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।
यस्तै ललितपुुरको ग्वार्कोमा फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले बिहान ३ बजेतिर सुरक्षित रुपमा डिस्पोज गरेको छ । थसिखेलमा र बटुकभैरवमा फोहोरको थुप्रोमा राखिएका शंकास्पद बस्तु प्रहरीको टोलीले बिहानै निष्क्रिय पारेको छ ।

यसैगरी नैकापमा बम फेला परेको छ । उक्त बम प्रेसर कुकर बम भएको आशंका गरिएको छ । नेपाली सेनाको टोली डिस्फोजका लागि घटनास्थलमा पुगि डिस्पोजको तयारी गरेको छ । अन्य जिल्लाहरुमा नेपाली सेनाको डिस्पोज टोली जाँदै गरेको र सेनाको उक्त टोली पुगेपछि शंकास्पद वस्तु डिस्पोज गर्ने प्रहरीले जानकारी दिएको छ ।
नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नेता पक्राउ परेको बिरोधमा मंगलबार बन्द आह्वान गरेकाले उसकै कार्यकर्ताले बमसहितका शंकास्पद बस्तु राखेको हुन सक्ने अनुमान छ ।

यसैबीच नवलपुर जिल्लाको गैंडाकोट २ भृकुटीचोकमा आज बिहान २ बजेतिर ना २ ख २५४८ नम्बरको ट्रकमा आगजनी । प्रहरीले तत्कालै आगो नियन्त्रणमा लिएकाले ट्रकमा कुनै क्षती नभएको तर ट्रकमा भएको पराल भने नष्ट भएको इलाका प्रहरी कार्यालय गैंडाकोटले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com