ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालकै कान्छो रेफ्री : यस्तो छ १८ वर्षमै राष्ट्रिय फुटबल रेफ्री बनेका हरिश कार्की(च्यान्टे)को सफलताको कथा


एबीसी न्यूज
श्रावण २८, २०७५ सोमबार   १० : ०९   बजे

सानै उमेर देखि फुटबल मैदान नजिक भएर हो कि भाग्यको खेल हो च्यान्टे अर्थात् हरिश कार्की फुटबल तर्फ़ आकर्षित थिए |टाउन प्लानिंग पेप्सी कोला घर भएका हरिशलाई नेपाली फुटबल जगतमा धेरैले ‘च्यान्टे’ को उपनामले चिनछन् | होचो कद ,सानो ज्यु डाल भएका हरिश सानै देखि फुटबल खेल्थे , २०६९ सालमा प्लानिंग ब्य्ज़ युनाईटेडबाट ‘सी’ डीबीजन खेलेका उनले फुटबल खेल्ने भन्दा पनि खेलाउने कुरामा उनि रमाए |

प्लानिंग मैदानमा हुने धेरै जसो खेलमा रमाउने उनि खेललाई नियालेर हेर्ने गर्दथे |कहिले कहिँ स्थानीय  खेलमा रेफ्रीको भूमिका निर्बाह गर्ने मान्छे नहुदा साथी भाईको कर कापमा लागेर रेफ्री बनेर खेल खेलाउने हरिश अहिले आएर नेपालकै सबै भन्दा कान्छा उमेरका राष्ट्रिय रेफ्री भएका छन् | राष्ट्रिय रेफ्रीको उपाधि – राष्ट्रिय रेफ्री ब्याज उनले पाएका छन् |

20229871 1608617449210063 8399751939130109932 o

राष्ट्रिय रेफ्रीको उपाधि पाउन्जेल सम्म निकैनै मिहिनत गर्नु परेको हरिशको भनाइ छ |१८ बर्षको उमेरमा एन्फाको रेफ्री कोर्ष उतिर्ण गरेका च्यान्टे राष्ट्रिय रेफ्री प्रज्वल छेत्रीलाई आफ्नो आइडल मान्दछन्|आफुले गरेको मिहिनेत र अन्य रेफ्री दाई -दिदिको मायाले गर्दा आफु यहाँ सम्म पुगेको कुरा उनि दिल खोलेर भन्दछन् |प्राय जसो सबै फिफा रेफ्रीहरु संग एसीसटेन्ट बनेर काम गरिसकेका च्यान्टेले ठुला प्रतियोगिताहरु पनि सम्हालिसकेका छन् |

हालै सम्पन्न यु-१८ ‘ए’ डीबीजन लिग र बडी धनराशी भएको रेड बुल फूट्सल लिगमा समेत हरिशले आफ्नो छाप छोडिसकेका छन् |प्राय जस्तो उद्घाटन र फाइनल खेलमा आफ्नो स्थान बनाउन सफल उनले धेरै जसो महत्वपुर्ण खेलमा रेफ्रीको भूमिका निर्वाह गरेर दर्शकको मन जित्न सफल रहेको उनी बताउछन् |

आफुले पाएको उपलब्धिबाट रमाएका हरिश अझै पनि मिहिनत गर्दै जाने र सकेसम्म नेपाली फुटबल लाई केहि योगदान दिने सोचमा छन् |प्लानिंगमा रेफ्री बन्न इच्छुक साना साना भाई बहिनिलाई खेलको नियम सिकाउनुको साथै रेफ्रीको भूमिकाको बारेमा बोल्ने हरिश भविस्यमा एकेडेमी खोल्ने सोचमा छन् | उनको अबको लक्ष्य भनेको चाडै भन्दा चाडै फिफा रेफ्री बन्नु रहेको छ |

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group