ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वाधार केन्द्र -जनशक्ति र बजेट अभावका कारण समस्यामा


bhawani desk
श्रावण २४, २०७५ बिहीबार  ४ : ११ बजे


बागलुङ, २४ साउन । धवलागिरि अञ्चल अस्पताल बागलुङमा विसं २०६८ मा खुलेको केन्द्र पूर्वाधार, जनशक्ति र बजेट अभावका कारण समस्यामा परेको हो ।

केन्द्रले हिंसापीडित व्यक्तिलाई निःशुल्क उपचार, कानूनी, मनोसामाजिक परामर्श जस्ता सेवा प्रदान गर्दै आएको थियो । लैङ्गिक हिंसा रोकथाम र नियन्त्रणमा सघाउ पु¥याउँदै आएको केन्द्रलाई सुविधायुक्त बनाउने र गुणस्तर थप्ने विषयमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । अस्पतालका दुई वटा साँघुरा कोठामा सीमित बनेको केन्द्रको कार्यालय र बिरामी भर्ना गर्ने कोठा एउटै छ ।

एउटा कोठा मनोसामाजिक परामर्शका लागि प्रयोगमा छ । चौबिसै घण्टा सेवा दिनुपर्ने केन्द्र दुई जना जनशक्तिको भरमा चलेको छ । कार्यालय सहयोगीसमेत व्यवस्थापन हुन नसकेको केन्द्रका ‘फोकल पर्सन’ देवी भट्टराईले बताउनुभयो ।

भट्टराईलाई अस्पतालको प्रसूति लगाएतका अन्य सेवामा पनि कामको जिम्मेवारी छ । जनशक्तिको कमीले केन्द्रबाट सेवा पाएका बिरामी र हिंसापीडितलाई ‘फ्लोअप’ गर्न समस्या भएको छ । सीमित बजेटका कारण रातिमा आउने बिरामीलाई खानाको व्यवस्था हुन सकेको छैन । रातिमा आकस्मिक आउने बिरामीलाई चाउचाउ, बिस्कुट खुवाएर राख्ने गरिएको छ । केन्द्रमा दुई जना बिरामीलाई मात्र राख्न सक्ने क्षमता छ ।
अस्पतालको नयाँ भवन बनेपछि पूर्वाधारको समस्या हट्ने अस्पतालका प्रमुख चिकित्सक सागर राजभण्डारीले बताउनुभयो ।

केन्द्रमा एक जना पीडितलाई तीनदेखि पाँच दिनसम्म राखेर उपचार, कानूनी, मनोसामाजिक परामर्श लगायतका सेवा दिने गरिएको छ । यहाँ उपचार सम्भव नभएका बिरामीलाई मात्र पोखराको क्षेत्रीय अस्पतालमा रहेको ‘ओसिएमसी’ मा पठाउने गरिन्छ ।

पाँच सय जना लाभान्वित

अञ्चल अस्पतालमा रहेको केन्द्रबाट विगत सात वर्षमा ५०० जना लैङ्गिक हिंसा पीडितले सेवा लिएका छन् । केन्द्रमा पाउने निःशुल्क उपचार, परामर्श सेवाले न्यायका लागि कानूनी बाटो समात्नसमेत पीडितलाई सहज भएको छ । बढीजसो यौन, घरेलु हिंसा र मानसिक यातनाबाट पीडित व्यक्ति केन्द्रमा आउने गरेका छन् ।

केन्द्रका अनुसार बलात्कार, विषादी सेवन, आत्महत्याको प्रयास जस्ता घटना पनि केन्द्रमा उत्तिकै आउँछन् । केन्द्रबाट बागलुङसहित पर्वत, म्याग्दी र अन्य जिल्लाका समेत हिंसा पीडितले लाभ लिने गरेका छन् । लैङ्गिक हिंसाबाट पीडित र प्रभावितलाई एकै द्वारबाट उपचार, परामर्श सेवा दिने उद्देश्यले स्वास्थ्य मन्त्रालयले देशका विभिन्न अस्पतालहरुमा ‘ओसिएमसी’ सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुशासनको नारामाथि प्रश्न : गृहमन्त्रीको सम्पत्तिले सामाजिक तरंग

नयाँ वर्ष २०८३ : सूर्य मेषमा प्रवेश गर्दा किन जाग्छ नयाँ उमंग ?

सम्बन्धित

नयाँ वर्षमा प्रधानमन्त्री बालेनको कामना : सबैको जीवनमा सुख र आरोग्य छाओस्

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदै

नयाँ वर्षले ‘पाको अनुभव’ र ‘नवयुवा ऊर्जा’बीच सार्थक ‘सिनर्जी’ सिर्जना गरोस् – ओेली

यी हुन् समाज कल्याण परिषद्को भाडा नतिर्ने २० संघ संस्था, ऋषि धमलाले नै ७३ लाख तिरेनन् (सूचीसहित)

“कानुनको राज गृहमन्त्रीकै घरमा ?”

राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्–धनी बन्न पाइन्छ, तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com