ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मदिरा बिक्री वा सेवन गरेको पाइए ५०० जरिवाना


bhawani desk

पर्वत, २० साउन । फलेवास नगरपालिका–३ शंकरपोखरीमा मदिरा बिक्री वा सेवन गरेको पाइए पहिलो चरणमा रु ५०० जरिवाना गरिने भएको छ । वडाअन्तर्गत धनार टोल सुधार समितिबाट यो अभियानको थालनी गरिएको हो ।

अवैध रुपमा मदिरा उत्पादन तथा बिक्री वितरण र सेवनबाट समाजमा नकारात्मक प्रभाव पर्दैै जान थालेपछि यस्तो अभियान थालिएको हो । एक महिनाअघि मदिरा सेवनकै कारण स्थानीय युवा सूर्यबहादुर सुनारको ज्यान गएको र एक महिला गम्भीर घाइते भएपछि वडाध्यक्ष अर्जुनबहादुर कार्कीको पहलमा मदिरा निषेधित वडा घोषणा गर्न लागिएको हो ।

घरेलु मदिरा उत्पादन र अन्य गुणस्तरीय मदिरासमेत वडामा सञ्चालित पसलहरुमा बिक्री वा सेवनमा रोक लगाउनाका लागि स्थानीय महिला समूह, युवा क्लब तथा विभिन्न संघसंस्थासमेत एकजुट हुन थालेका छन् ।

मदिरा उत्पादन तथा बिक्रीबाट समाजमा एक–दुई वटा परिवारको आर्थिक अवस्थामा सुधार आएपनि सिङ्गो समाजलाई नै नकारात्मक असर गरेकाले मदिरा नियन्त्रण गर्न थालिएको वडाध्यक्ष अर्जुनबहादुुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा बिहान ५ देखि बेलुका ५ बजेसम्म मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाउने निर्णय भएको छ । उक्त समयमा कुनै व्यवसायीले मदिरा बिक्री गरेमा वा कुनै व्यक्तिले मदिरा सेवन गरेर सार्वजनिक स्थलमा होहल्ला गरेमा रु ५०० जरिवाना गरिने र उक्त निर्णयलाई अटेर गर्दै दोस्रो–तेस्रो यस्ता कार्य गरे थप कारबाहीका लागि पहल गरिने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

सिङ्गो वडाका सबै बस्तीमा एकै पटक मदिरा नियन्त्रणका लागि विभिन्न टोलमा रहेका महिला समूह, आमा समूह, भजन समूह, नागरिक समाज र युवा क्लबलाई निगरानीका लागि जिम्मेवारी तोकिएको छ ।

उक्त कार्यका लागि स्थानीय प्रहरीसँग पनि सहकार्य गरिएको स्थानीयवासी रामचन्द्र भुसालले जानकारी दिनुभयो । छिमेकी नगरपालिकाले घरेलु मदिरालाई दर्ता गरेर व्यवस्थित रुपमा सञ्चालन गर्न व्यवसायीहरुलाई आह्वान गरिरहेका बेला फलेवास–३ शंकरपोखरीमा भने नियन्त्रण अभियान थालिएको हो । यसले स्वच्छ र सभ्य समाज निर्माणमा ठूलो भूमिका निर्वाह गर्ने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com