ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पढाई प्रभावकारी


bhawani desk

लमजुङ,१८ साउन । लमजुङका सामुदायिक विद्यालय भर्ना अभियान र अंग्रेजी माध्यमको पढाईले प्रभावकारी बनेको छ । सरकारी विद्यालयमा विद्यार्थीहरुको संख्यामा बृद्धि हुनको कारण भर्ना अभियानले संकरात्मक भुमिका खेलेको देखिएको छ ।
अंग्रेजी र नेपाली माध्यममा पढाई भएपछि अभिभावक र विद्यार्थी निकै खुसी भएका छन् । सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमको पढाई निजी विद्यालयको भन्दा गुणस्तरको बनाउन सकिन्छ ।

भर्ना अभियान कार्यक्रम जटिल भएपनि अंग्रेजी माध्यम पढाईले विद्यार्थीहरुमा रुचि बढेका छन् । अहिले जिल्लामा रहेका सामुदायिका विद्यालयहरुमा नेपाली र अंग्रेजी माध्यममा पढाई हुने गरेको छ ।

निजी स्कूलहरुमा जस्तैगरी अंग्रेजी माध्यममा पढाई हुँदै आएपछि सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरुको संख्या बृद्धि भएको छ । सरकारी विद्यालयको पढाई दिनप्रति खस्कीदो अवस्थालाई मध्यनजर राखी अग्रंजी माध्यमवाट पढाई शुरु गरेको छ ।

लमजुङ अधिकांश सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममा पढाई भईसकेको अवस्था रहेको छ । सामुदायिक विद्यालय विद्यार्थी भर्ना अभियानले विद्यार्थी संख्या बृद्धि भएको शिक्षा विकास तथा समन्वय इकाई लमजुङले जनाएको छ ।

अहिले लमजुङ जिल्लामा सामुदायिक विद्यालयको संख्या तीन सय ४८ रहेको छ । जसमा मावि ७९, निमावि ३२ र प्रावि २३७ रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नारायण रेग्मीले बताए ।

उनका अनुसार जिल्लामा १४ हजार ४ सय तीन विद्यार्थी संख्या रहेको छ, जसमा छात्रको संख्या छ हजार सात सय २४ र छात्राको संख्या सात हजार छ सय ७९ रहेको छ । मावि तहमा विद्याथी संख्या दुई हजार दुई सय ३२ रहेको छ, जसमा छात्र एक हजार १७ र छात्रा एक हजार दुई सय १५ रहेको छ ।

निमावि तहमा विद्यार्थी संख्या दुई हजार छ सय ६९ रहेको छ, जसमा छात्र एक हजार दुई सय ४८ र छात्रा एक हजार चार सय २१ रहेको छ । प्रावि तहमा विद्यार्थी संख्या नौ हजार पाँच सय दुई रहेको छ, जसमा छात्र चार हजार चार सय ५९ र छात्रा पाँच हजार ४३ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com