ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोस्रो जोडी गैँडा साउन ३१ गते पठाउने तयारी


bhawani desk
श्रावण १८, २०७५ शुक्रबार  १२ : २० बजे

चितवन, १८ साउन । चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालेको बताउनुभयो । चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको जानकारी आएको बताइएको छ ।

यसअघि असार २८ गते एक जोडी गैँडा चीन पठाइएको थियो । दोस्रो जोडी गैँडामध्ये एकदेखि डेढ वर्ष उमेरको भालेको नाम “सोल्टी” र डेढदेखि दुई वर्षको पोथीको नाम “मितिनी” राखिएको छ । बाटोका कारण दुई दिनअघि नै साउन २९ गते गैँडा काठमाडौँ पठाइँदै छ । पहिलो जोडी गैँडा दुई दिनअघि नै काठमाडौँ लगेर राखिएको थियो ।

निकुञ्जबाट नियन्त्रणमा लिइएका गैँडा हाल सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष परिसरमा खाल्टो खनेर (पिटबुमामा) राखिएको छ । निकुञ्जका अधिकारीले गैँडा मानिससँग घुलमिल भएकाले लैजान समस्या नहुने जनाएका छन् ।

यसअघि झैँ पछिल्लो जोडी गैँडा पठाउँदा निकुञ्जका चिकित्सक, प्राविधिक र सहयोगी पठाउने तयारी गरिएको छ । पहिलो जोडी गैँडा पठाउँदा सँगै गएका चिकित्सक र प्राविधिक फर्किसकेका छन् । सहयोगी अझै फर्किएका छैनन् ।

दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन दिनु भएको थियो । सोहीअनुरुप अहिले गैँडा पठाउन लागिएको हो । चीनमा दुई जोडी गैँडा पठाएपछि यस निकुञ्जबाट हालसम्म उपहारस्वरुप विभिन्न देशमा पठाइएका गैँडाको संख्या ३० पुग्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

सम्बन्धित

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com