ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्ड प्रस्थान


bhawani desk


काठमाडौं,१८ साउन । अठारौँ एसियाली खेलमा सहभागी हुने नेपाली राष्ट्रिय यु–२३ टोली मैत्रीपूर्ण खेलमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान गरेको छ ।

थाइल्याण्डमा रहँदा नेपाली टोलीले दश दिन बन्द प्रशिक्षण गर्नेछ । सो अवधिमा थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल्न खेल्नेछ ।

प्रशिक्षणका क्रममा टोलीले यही साउन २२ गते थाइल्याण्डको पुलिस टेरोसँग र साउन २५ गते थाइल्याण्डको यू–२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फूटबल संघ (एन्फा) ले जनाएको छ ।

थाइल्याण्डमा १० दिन अभ्यास गरेपछि एसियाली खेलकूदमा भाग लिने २० सदस्यीय नेपाली यू–२३ टिम इण्डोनेसिया प्रस्थान गर्नेछ । एसियाली खेलकूदको फूटबलतर्फको प्रतिस्पर्धा साउन २९ देखि शुरु हुनेछ ।

एसियाली खेलकूदमा नेपाल समूह ‘डी’ मा छ । उक्त समूहमा नेपालसहित विश्वकपको अन्तिम १६ सम्मको यात्रा गरिसकेको जापान, भियतनाम र पाकिस्तान छन् । मुख्य प्रशिक्षक योतुकु कोजीले आइतबार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट अन्तिम टोली चयन गरेका थिए ।

एसियाली खेलमा २३ वर्षमुनिका खेलाडीसहित तीन सिनियर खेलाडी खेल्न पाउने छन् । त्यसका लागि किरणकुमार लिम्बू, रोहित चन्द र भरत खवासलाई टिममा राखिएको छ ।

नेपाली टोलीमा गोलरक्षक किरणकुमार लिम्बू, एलान न्यौपाने र सोजित गुरुङ, डिफेण्डरमा अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ छन् ।

मिडफिल्डरमा रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापामगर, अञ्जन विष्ट, अभिषेक रिजाल र तेज तामाङ र फरवार्डमा सुनील बल, भरत खवास, सुमन लामा, विमल घर्तीमगर छन् । मुख्य प्रशिक्षक योतुकु कोजी र सहायक प्रशिक्षक बालगोपाल महर्जन छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आज बिहान आयोजित कार्यक्रममा युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले नेपाली फूटबल टोलीलाई राष्ट्रिय झण्डा हस्तान्तरण गरी बिदाइ गर्नुभयो ।

सो अवसमा उहाँले खेलाडीलाई सफलताको शुभकामना दिँदै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो । उहाँले एसियाली खेलकूद प्रतियोगिता आगामी वर्ष नेपालमा हुने १३ औँ साफ गेम्सको तयारीका रुपमा रहेकाले यो सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

फूटबलको विकासमा मन्त्रालयकोतर्फबाट हुने सहयोगमा कमी हुन नदिने मन्त्री विश्वकर्माले प्रतिबद्धता जनाउनुभयो ।

अखिल नेपाल फूटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालले एसियाली खेलकूद प्रतियोगिताका लागि तीन महिनादेखि अभ्यास गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com