ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ वर्षीया बालिका हत्याको अनुसन्धान तीव्र


bhawani desk
श्रावण १७, २०७५ बिहीबार  १ : ०१ बजे

 भीमदत्तनगर, १७ साउन ।  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्या घटनामा प्रहरी र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अनुसन्धानलाई तीव्रता दिएको छ ।

घटनामा कञ्चनपुर प्रहरीको उदासीनता भएको भन्दै स्थानीयवासीले महेन्द्रनगरमा विरोध प्रदर्शन गर्दै दबाब दिएपछि सिआइबीको टोलीसमेत कञ्चनपुर पुगेर घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

घटनाको चार दिनपछि बालिकाको दाहसंस्कार गरिए पनि घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै यहाँ प्रहरीमाथि दैनिक दबाब बढेको छ । बिहीबार बिहानसमेत महेन्द्रनगरमा विद्यार्थीले निर्मलाका हत्यारालाई कानूनी दायरामा ल्याउनाका साथै सुरक्षाको प्रत्याभूत हुनुपर्ने माग गर्र्दै प्रदर्शन गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको बताउँदै उपलब्धि प्राप्त नभएको जानकारी दिनुभयो । “ठूलो संख्यामा प्रहरी परिचालन गरेर विभिन्न कोणबाट अनुसन्धान हुँदैछ”, उहाँले भन्नुभयो, “तर अहिलेसम्म घटनाबारे केही उपलब्धि भएको छैन ।”

त्यसैगरी मृतक बालिकाका आफन्तहरुलाई यहाँका स्थानीय तह र विभिन्न व्यक्तित्वबाट समेत सहयोग रकम प्रदान भइरहेको छ । घटनाबारे संघीय संसद्देखि प्रदेश सभासम्म भत्र्सना गर्दै दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरिएको छ । मृतकका आफन्त र स्थानीयवासीले सुरक्षाका लागि चौकी स्थापनाको माग गर्दै भीमदत्तनगरपालिका केन्द्रित आन्दोलनसमेत थालेका थिए ।

स्थानीय सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत बालिका पन्त साथीको घरबाट गृहकार्य गरेर घर फर्किने क्रममा गत शुक्रबार बेपत्ता भएकी थिइन् । उहाँको शनिबार बिहान भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा शव भेटिएको थियो । बालिकाको बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

सम्बन्धित

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com