ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकदिवसीय क्रिकेट : नेदरल्याण्ड्ससँग नेपाल ५५ रनले पराजित


एबीसी न्यूज
श्रावण १७, २०७५ बिहीबार   ८ : २४   बजे


काठमाडौं, १७ साउन । नेदरल्याण्ड्ससँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल ५५ रनले पराजित भएको छ । १९० रनको लक्ष्य पछ्याएको नेपाल १३४ रनमा समेटिएको छ ।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट सुरुवात गराएका थिए । तर २१ रनको व्यक्तिगत स्कोरमा अनिल साह आउट भएपछि नेपालको पारी धरमराउन शुरु भएको थियो । दीपेन्द्र सिंह ऐरीले पारी सम्हाल्न खोजे पनि उनी ३३ रनमा पेभेलियन फर्किएका थिए । त्यसैगरी कप्तान पारस खड्काले बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङ भने उनको चल्न सकेन । उनी १२ रनमा आउट भए । शक्ति गौचन ४ रन जोड्दै नट आउट रहे ।

चार जना ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् । आरिफ शेख, सोमपाल कामी र बसन्त रेग्मी, करन केसी खाता नै नखोली आउट भएका हुन् ।
सन्दीप लामिछानेले एक रन जोडेका थिए । फिल्डिङ गर्दा औंलामा चोट लागेका शरद भेषावकर अन्तिम नम्बरमा ब्याटिङमा आउनु पनि नेपालकालागि दुर्भाग्य बन्यो । उनी जम्मा ४ रनमा आउट भएपछि नेपालको पारि सकिएको थियो ।
नेपाललाई रोक्ने क्रममा नेदरल्याण्ड्सका पिटर स्लेनर, मिचेल रिप्पोन तथा फिडर क्लासेनले तीन तीन विकेट लिए । टस जिति पहिला ब्याटिङ गरेको नेदरल्याण्ड्सले नेपाललाई १८९ रन बनाएको थियो । नेदरल्याण्ड्स ४७ ओभर चार बलमा अलआउट भएको थियो । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्याण्ड्सलाई दबाबमा राखेका थिए ।

नेपालका कप्तान पारस खड्काले सर्वाधिक ४ विकेट लिए । यसैगरी सोमपाल कामी, बसन्त रेग्मी, करन केसी र सन्दीप लामिछानले एक एक विकेट लिएका थिए । अर्कोे भोली शुक्रबार हुने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group