ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलकूदलाई आर्थिक समृद्धिसँग जोड्नुपर्छ – मन्त्री विश्वकर्मा


एबीसी न्यूज


पोखरा, १३ साउन । युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले खेलकूदलाई मनोरञ्जनको साधनमात्र नबनाइ आर्थिक समृद्धि र सामथ्र्यसँग जोड्नुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा पोखरामा आज आयोजित प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो ।

खेलकूद राष्ट्रिय गौरव बढाउने एक सशक्त माध्यम रहेको बताउँदै मन्त्री विश्वकर्माले खेलकूद आयोजना गर्नका लागिमात्रै नभई राष्ट्रिय पहिचानका लागि पनि खेलकूद अपरिहार्य भएको उल्लेख गर्नुभयो ।

पोखरामा खेलकूदको प्रचुर सम्भावना रहेको बताउँदै उहाँले प्रकृतिको बरदानस्वरुप प्राप्त पोखरा र गण्डकी प्रदेश साहसिक र हाइ अल्टिच्युटजस्ता खेलको माध्यमद्वारा पर्यटन प्रवद्र्धन गर्दै मुलुकको आर्थिक समृद्धिसँग जोड्न सकिने बताउनुभयो ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० लाई प्रतिष्ठाको विषय रहेको बताउँदै पोखरामा आयोजना हुने केही खेललाई सम्पूर्ण पोखरेलीले एकजुट भएर सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो ।

पार्टीका संस्थापक नेता पुष्पलालले मार्ग निर्देशन गरेको समृद्ध नेपाल र सुखी नेपालीको सपना आज पनि उत्तिकै प्रेरणादायी रहेको धारणा राख्दै मन्त्री विश्वकर्माले संविधानले खेलकूदलाई जनताको मौलिक अधिकारका रुपमा अगाडि बढाएको प्रष्ट पार्नुभयो ।

नेपाल उद्योग वणिज्य महासंघका उपाध्यक्ष उमेशराज श्रेष्ठले राजनीतिकरुपमा खेलकूदका विषयमा कुनै पनि दलले चासो नदिएको धारणा राख्दै खेलकूद विश्वविद्यालयको आवश्यकता औँल्याउनुभयो ।

खेलकूदमा निजी संस्थाको सहभागिता हुनुपर्ने कुरा गर्दै खेलकूद राजनीतिबाट मुक्त राख्नुपर्नेमा उहाँको जोड थियो । तीन दिनसम्म सञ्चालन हुने सो प्रतियोगितामा ९४ टिममा १८६ जना खेलाडीको सहभागिता रहेको आयोजक राष्ट्रिय वाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले जानकारी दिनुभयो ।

प्रतियोगितामा विजेता खेलाडीले क्रमशः २०, १५ र १० हजार नगदका साथै मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com