ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी पहिरोकै सिजनमा प्रकोप नियन्त्रणको झारा टार्ने काम


admin
श्रावण ११, २०७५ शुक्रबार  ४ : ५७ बजे


धरान, ११ साउन ।
जब बर्खा लाग्छ, अनि सुरु हुन्छ बाढी पहिरो कटानको नियन्त्रणको काम । हिउदभरी चुप वस्ने राज्यको चलनले गर्दा बर्खामासमा धेरै जना वाढी पहिरो र नदी कटानको जोखिममा पर्ने गर्दछन् । गएको वर्ष पुर्वमा वाढी पहिरोले ठुलो क्षति पु-याएको थियो । तर यो वर्ष भने त्यस्तो प्रभाव परेको छैन । तै पनि वाढी पहिरोकै सिजनमा प्रकोप नियन्त्रण र न्युनिकरणको काम भने वाढी तथा पहिरो प्रभावित क्षेत्रमा भईरहेका छन् ।

गतवर्ष पुर्वको सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा इटहरी पुर्व भई वग्ने वुढी खोलाले ठुलो क्षतिर पु¥यो । गतवर्षको बाढी पहिरो र डुवानका कारण सुनसरीमा मात्रै १२ जनाको ज्यान गएको थियो । १७ हजार प्रभावित भए भने ४५ सय विस्थापित भए । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा मात्रै ८ जनाको ज्यान गयो । इटहरीको सबैभन्दा बढी बाढी प्रभावित क्षेत्र हो इटहरी उपमहानगरपालिकाको वडानं. ९ गैरी गाउं । त्यही वस्तीका ८ जनाको ज्यान गएको थियो । अहिले पनि सो गाउका वासिन्दा राती घरमा सुत्दैनन् । जव उज्यालो हुन्छ अनि मात्रै घर फर्किने गर्छन् । वाढी प्रभावित क्षेत्रमा समयमै सरकारले काम गर्नुपर्ने हो तर जहिले पनि वर्खा लागे पछि अनि बाढी आउन र डुवान हुन थाले पछि मात्रै प्रकोप नियन्त्रण र न्युनिकरणको काम गर्ने गर्छ भन्छन् स्थानीय सर्वसाधरण प्रमोद पोर्तेल ।

यसअघिका वर्षातको समयमा स्थानीय तह जनप्रतिनिधिविहीन थियो । तर गतवर्षदेखि स्थानीय तह जनप्रतिनिधिमय भएको छ र अधिकार सम्पन्न पनि । अव पनि सरकारी काम कहिले जाला घाम नभनी सरकारले समयमै प्रकोप नियन्त्रण र न्युनिकरणको सवालमा स्थानीय तहले समेत काम गर्नेमा आफु विश्वस्त रहेको बताउँछन् पोर्तेल ।

आर्थिक वर्षको अन्तिममा हतारले जुनसुकै विकास निर्माणका कामहरु गर्ने नेपाल सरकारको प्रवृति रहेको छ । यतिवेला वाढी र पहिरो अनि डुवानवाट पिडितहरु आकासमा कालो वादल मडारिन थाल्दा त्रासित हुने गर्छन्, कतै बाढी पहिरो र डुवानमा त परिने होईन भनेर । यसकारण समयमै यसको नियन्त्रण र न्युनिकरणमा पहल कदमी गर्नुपर्छ । वेलैमा काम नगर्नु सरकारको ठुलो कमजोरी भएको बताउँछन् स्थानीय रिजनजंग राणा ।

समयमै प्रकोपको नियन्त्रण र न्युनिकरणको लागि काम गर्दा सर्वसाधरण पनि ढुक्क हुने थिए । तर, सरकारले जहिले पनि अन्तिम समयमा काम गर्दा त्यसको प्रभावकारिता देखिने गर्दैन ।

सरकारले प्रकोप नियन्त्रण र न्युनिकरणको लागि बजेट नछुटाउने होईन । तर यसलाई वेलैमा प्राथमिकतामा राखेर काम गर्दा सर्वसाधरणमा त्रासको वातावरण हुने थिएन । तर के गर्ने जहिल्यै अन्तिम समयमा यस्ता कामहरु हुने गर्छन् । यसले गर्दा वाढी, पहिरो, डुवान अनि आगलागि जस्ता प्रकोप जन्य कामलाई समयमै सम्पन्न गर्नुपर्छ तर यसो नहुनु भनेको दुःखद भएको बताउँछन् उपप्राध्यापक हरिनारायण बास्कोटा ।

यतिबेला पुर्वका अधिकांस नदी किनारा र होचो ठाउमा वसोवास गर्ने सर्वसाधरण त्रसित छन्, कतिखेर पानी परेर फेरी विनास गर्छ भनेर । तर गतवर्ष जस्तो अहिलेसम्म समस्या भोग्नु नपरेका पुर्वेलीहरु राज्य सरकारले समयमै यसवाट वच्ने उपायको वारेमा काम गरिदियोस भन्ने चाहन्छन् । यसवारेमा सरकारले समयमै सचेतता अपनाउनुपर्ने पर्छ ।

हो, समयमै राज्य सरकारको ध्यान प्रकोप नियन्त्रण र न्युनिकरणमा गएको भए बर्खायाममा सर्वसाधरण त्रसित हुनुपर्ने थिएन । तर समयमै राज्यले काम नगरीदिदा भने यस्तो समस्या आउने गरेको छ । यसर्थ स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरु र स्थानिय सरकारले यसवारेमा वेलैमा सर्तकता अपनाउदै सर्वसाधरणलाई सुसुचित गर्न जरुरी छ । जहिले समस्या आयो तहिले न्युनिकरण र नियन्त्रणको पहल कदमी गर्नुभन्दा वेलैमा सजग र सचेत सवैलाई वनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

झापा–५ : उम्मेदवारको भिडभन्दा बाहिर उभिएको जनताको प्रश्न

जेनजी आन्दोलनमा सिंहदरबार जलाएको अभिव्यक्ति दिने व्यक्ति पक्राउ

सप्तरी–३ का रास्वपा उम्मेदवारमाथि भ्रष्टाचारको आरोप, ९ जनालाई बयानमा बोलाइयो

अमेरिकाबाट बोलाएर रास्वपाले धोका दियो भन्दै श्री कुँवरद्वारा पार्टी परित्याग

निर्वाचन तोकिएको मितिमा एकैपटक हुन्छः प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com