ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डुवानको कहरमा बाँकेको नेपालगन्ज


admin


नेपालगन्ज, ११ साउन । विगत केही बर्षयता नेपालगन्जबासीले घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्या खेप्दै आएका छन् । केही बेर परेको पानीले समेत नेपालगन्ज जलाम्य हुन्छ । पश्चिम नेपालको पूरानो सहर भएपनि नेपालगन्ज अझै व्यवस्थित हुन सकेको छैन । नेपालगन्जबासीहरु पनि घाम लाग्दा धुलो र पानी गर्दा हिलोबाट मुक्ति दिन सधैंभरी विभिन्न निकायहरु धाउने गरेका छन् । तर नेपालगन्जको मुख्य समस्या भनेको अहिले धुलो भन्दा पनि बढी डुवान नै हो ।

नेपालगन्ज केहीबेर परेको पानीले नै जलमग्न हुने गर्दछ । बजारमा उचित रुपमा पानीको निकास हुन नसक्दा सानो पानी पर्दा समेत नेपालगन्जका विभिन्न ठाउँहरु डुवानमा पर्ने गर्दछन् । नेपालगन्ज उप–महानगरपालिकाका सेतु विक चोक, घरबारीटोल, बसपार्क, कारकाँदो, बाँके गाउँ, गणेशपुर, फूल्टेक्रा, बुलबुलिया, बेलासपुर लगायतका ठाउँहरु केहीबेर बर्षा हुँदा समेत जलमग्न बनेका हुन्छन् । नेपालगञ्जका यी बजार क्षेत्र भने वर्षेनी डुबानमा पर्ने गर्दछन् । बजारका विभिन्न ठाउँहरु जलमग्न हुदा मानिसहरुलाई आवतजावत गर्न समस्या परिरहेको हुन्छ । उप–महानगरपालिकाले नगरभित्र रहेका ठूला नालिहरु समयमै सफा नगर्दा नगरका धेरै ठाउँहरु डुवानमा पर्ने गरेका छन् । तर नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख धवलशमशेर राणाले नेपालगन्ज डुवानमा नपर्ने अभिव्यक्ति दिन्छन् ।

नगरबासीहरुले जनप्रतिनिधिहरु आएपछि डुवानको समस्या हल हुने आशा राखेपनि डुवानको समस्या झन् बढ्दो क्रममा छ । उपमहानगरपालिकाले समयमा ठुला नाला सफाई नगर्दा निकास थुनिएर विभिन्न भागहरु डुबानमा पर्ने गरेको स्थानीयहरु बताउछन् । नेपालगन्ज न्यूरोडका बासिन्दा एवम् नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले डुवानको मुख्य समस्या भनेको पानीको निकास नहुनु नै भएको बताए । बजेट भएर पनि जनप्रतिनिधिको इच्छाशक्ति नहुदा नगरबासीले सास्ती पाउनुपरको उनले बताए ।

ढल निकासका लागि निर्माण गरिएका ठूला नालाहरु प्लास्टिक लगायतका फोहरहरुले पुरिएका छन् । उप–महानगरपालिकाले त्यसलाई सफाई गर्ने भन्दै बर्षेनी करोडौ रुपैयाँ खर्च गरेपनी नगर भने डुवानमा पर्न छाडेको छैन । आर्थिक बर्ष २०७४/०७५ मा पनी वडा कार्यालयदेखि उप–महानगरपालिका कार्यालयसम्मले नाला सफाईको लागि रकम खर्च गरेपनी असार महिनामा मात्र ३ पटक नेपालगन्ज डुवानमा प¥यो । ढलका लागि बनाइएका नालामा ढकन नलगाइदा जलमग्न भएको बेला मानिस ढलसहितको नालामा खस्ने सभ्भावना समेत बढेको छ । उप–महानगरपालिकाले यस्ता खुल्ला रुपमा छोडिएका ढलका ढकनहरु बन्द गर्नतर्फ ध्यान दिनुपर्ने स्थानीय बताउछन् ।

लामो समयसम्म ठूलो बर्षा भए घरदेखि पसलहरुमा समेत पानी पस्ने गर्दछ । डुवानमा परेको बेला सम्बिन्धत निकायले बन्द नाला खोल्ने प्रयास गर्दछन् । तर त्यसले खासै सार्थकता पाउदैन । नेपालगन्ज नगरको डुवान समस्या हल गर्न केन्द्र सरकारको मुख ताक्नुभन्दा पनी स्थानीय सरकारको रुपमा रहेको नेपालगन्ज उप–महानगरपालिकाले नै राम्रोसँग अग्रसरता देखाउन जरुरी छ ।

नियन्त्रणको प्रयास
पश्चिम तराईको बाँके जिल्ला पनी बर्षेनी बाढी र डुवानको चपेटामा पर्छ । जिल्लामा बर्षेनी बाढी र डुवानका कारण ठूलो जनधनको क्षती समेत पुग्ने गर्दछ । बाढी र डुवानबाट हुनसक्ने क्षतीलाई कम गर्न यसपटक बाँकेमा पुर्वतयारी समेत थालिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले त्यसका लागि सबै सरोकारवालाहरुसँग छलफल गरेर योजना समेत तयार पारिसकेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जिल्लाका ६३ वटा गाउँ बाढी र डुवानको उच्च जोखिममा रहेको जनाएको छ । बाढी र डुवानबाट हुनसक्ने विनाशलाई कम गर्न समितिले उद्धार, खोजतलास, राहत तथा पुनस्र्थापनाका लागि आवश्यक योजना समेत तयार गरिसकेको छ । विपद् परेकोमा सहयोगका लागि अनुमानित बजेट समेत तयार पारिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । उनका अनुसार राप्ती नदी आसपासका ठाउँहरुलाई विभिन्न भागमा विभाजन गरेर डुवानमा परेका मानिसलाई उच्च ठाउँमा कसरी ल्याउने भन्नेबारे तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी केसीले राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका राप्ती नदीआसपासका गाउँलाई बाढीको उच्च जोखिममा राखिएको बताए ।

राप्तीसोनारी गाउँपालिका–६ र ७ का खल्ला झगडिया, पिप्रहवा, देउपुरा, शान्तिपुर, वसन्तापुर, पहाडीपुर, सर्री, सर्रा, जोरैया, सिधनवा, खल्ला टपरी, ढलैया र गोडियन पुर्वालाई बाढीको उच्च जोखिममा राखिएको छ । डुडुवा गाउँपालिकामा पर्ने होलिया, कुडुवा, कुडुवा चौफेरी, कृषि चौफेरी, गोडियनपुर्वा, अमृतपुर्वा, सोमरहना, बालुपुर्वा, नयाँ वस्ती, पिप्रहवा, खडैचा, कधइपुर्वा, सन्तलिया र हलबलडोलीलाई राप्ती नदीमा आउने बाढीको उच्च जोखिममा राखिएको छ ।

विपद् व्यवस्थापन समितिले राप्ती नदी किनारमा रहेको साबिक वनकट्टी गाविसलाई पनि बाढीको उच्च जोखिममा राखेको हो । समितिका अनुसार, साबिक वनकट्टी गाविसका वनकटवा, रमपुर्वा, कटैहिया, लतपुर्वा, राजारामपुर्वा र हल्कारापुर्वालाई बाढीको उच्च जोखिमका रूपमा सूचीकृत गरिएको छ । कम्दी गाविसको सिधनवा, लालपुर, खटनपुर र लडियाघाट गाउँ डुबानको उच्च जोखिमको सूचीमा छन् भने कचनापुर गाविसको कचनापुर, अम्रहवा, महेन्द्रपुर, टिकुलीपुर, अम्रहवा, शमशेरगंज खल्ला, मटैया, बेलबास, राजपुर र हरदेवा पनि उच्च जोखिम क्षेत्रको रूपमा पहिचान गरिएको छ । नरैनापुर गाउ“पालिका–६, गंगापुरको सोनवर्षा, कुदरवेटवा, गंगापुर र खल्लादोन्द्रा तथा नरैनापुर गाउँपालिका–५, मटेहियाका भगवानपुर गाउ“ पनि बाढीको उच्च जोखिमको सूचीमा छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी केसीले स्थानीय तहहरुलाई समेत बाढी र डुवानबाट हुनसक्ने क्षतीलाई कम गर्न पुर्वतयारी थाल्न निर्देशन दिइसकेको बताए । संविधानले नै अधिकार सम्पन्न गराएकाले बाढी र डुवानको बढी सम्भावना भएका ठाउ“का स्थानीय सरकारलाई बढी जिम्मेवार बन्न आग्रह गरिएको उनको भनाई छ ।

राप्ती नदीको उच्च जोखिममा रहेका साबिकका बैजापुर, बिनौना र खास कुश्मा गाविस भने बाढीको उच्च जोखिमको सूचीमा नपरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष आएको बाढीले बैजापुरमा एकै घरका तीनजनाको मृत्यू हुनुका साथै करोडौं रुपैया बराबरको धनमालमा क्षति पुगेको थियो । केन्द्र, प्रदेश र जिल्लाको मुख ताक्नुभन्दा पनि अब भने स्थानीय सरकारका रुपमा रहेका स्थानीय निकायहरुले आफ्नो ठाउँबाट पुर्वतयारी थाल्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com