ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डुवानको कहरमा बाँकेको नेपालगन्ज


admin
श्रावण ११, २०७५ शुक्रबार  ४ : ३९ बजे


नेपालगन्ज, ११ साउन । विगत केही बर्षयता नेपालगन्जबासीले घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्या खेप्दै आएका छन् । केही बेर परेको पानीले समेत नेपालगन्ज जलाम्य हुन्छ । पश्चिम नेपालको पूरानो सहर भएपनि नेपालगन्ज अझै व्यवस्थित हुन सकेको छैन । नेपालगन्जबासीहरु पनि घाम लाग्दा धुलो र पानी गर्दा हिलोबाट मुक्ति दिन सधैंभरी विभिन्न निकायहरु धाउने गरेका छन् । तर नेपालगन्जको मुख्य समस्या भनेको अहिले धुलो भन्दा पनि बढी डुवान नै हो ।

नेपालगन्ज केहीबेर परेको पानीले नै जलमग्न हुने गर्दछ । बजारमा उचित रुपमा पानीको निकास हुन नसक्दा सानो पानी पर्दा समेत नेपालगन्जका विभिन्न ठाउँहरु डुवानमा पर्ने गर्दछन् । नेपालगन्ज उप–महानगरपालिकाका सेतु विक चोक, घरबारीटोल, बसपार्क, कारकाँदो, बाँके गाउँ, गणेशपुर, फूल्टेक्रा, बुलबुलिया, बेलासपुर लगायतका ठाउँहरु केहीबेर बर्षा हुँदा समेत जलमग्न बनेका हुन्छन् । नेपालगञ्जका यी बजार क्षेत्र भने वर्षेनी डुबानमा पर्ने गर्दछन् । बजारका विभिन्न ठाउँहरु जलमग्न हुदा मानिसहरुलाई आवतजावत गर्न समस्या परिरहेको हुन्छ । उप–महानगरपालिकाले नगरभित्र रहेका ठूला नालिहरु समयमै सफा नगर्दा नगरका धेरै ठाउँहरु डुवानमा पर्ने गरेका छन् । तर नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख धवलशमशेर राणाले नेपालगन्ज डुवानमा नपर्ने अभिव्यक्ति दिन्छन् ।

नगरबासीहरुले जनप्रतिनिधिहरु आएपछि डुवानको समस्या हल हुने आशा राखेपनि डुवानको समस्या झन् बढ्दो क्रममा छ । उपमहानगरपालिकाले समयमा ठुला नाला सफाई नगर्दा निकास थुनिएर विभिन्न भागहरु डुबानमा पर्ने गरेको स्थानीयहरु बताउछन् । नेपालगन्ज न्यूरोडका बासिन्दा एवम् नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले डुवानको मुख्य समस्या भनेको पानीको निकास नहुनु नै भएको बताए । बजेट भएर पनि जनप्रतिनिधिको इच्छाशक्ति नहुदा नगरबासीले सास्ती पाउनुपरको उनले बताए ।

ढल निकासका लागि निर्माण गरिएका ठूला नालाहरु प्लास्टिक लगायतका फोहरहरुले पुरिएका छन् । उप–महानगरपालिकाले त्यसलाई सफाई गर्ने भन्दै बर्षेनी करोडौ रुपैयाँ खर्च गरेपनी नगर भने डुवानमा पर्न छाडेको छैन । आर्थिक बर्ष २०७४/०७५ मा पनी वडा कार्यालयदेखि उप–महानगरपालिका कार्यालयसम्मले नाला सफाईको लागि रकम खर्च गरेपनी असार महिनामा मात्र ३ पटक नेपालगन्ज डुवानमा प¥यो । ढलका लागि बनाइएका नालामा ढकन नलगाइदा जलमग्न भएको बेला मानिस ढलसहितको नालामा खस्ने सभ्भावना समेत बढेको छ । उप–महानगरपालिकाले यस्ता खुल्ला रुपमा छोडिएका ढलका ढकनहरु बन्द गर्नतर्फ ध्यान दिनुपर्ने स्थानीय बताउछन् ।

लामो समयसम्म ठूलो बर्षा भए घरदेखि पसलहरुमा समेत पानी पस्ने गर्दछ । डुवानमा परेको बेला सम्बिन्धत निकायले बन्द नाला खोल्ने प्रयास गर्दछन् । तर त्यसले खासै सार्थकता पाउदैन । नेपालगन्ज नगरको डुवान समस्या हल गर्न केन्द्र सरकारको मुख ताक्नुभन्दा पनी स्थानीय सरकारको रुपमा रहेको नेपालगन्ज उप–महानगरपालिकाले नै राम्रोसँग अग्रसरता देखाउन जरुरी छ ।

नियन्त्रणको प्रयास
पश्चिम तराईको बाँके जिल्ला पनी बर्षेनी बाढी र डुवानको चपेटामा पर्छ । जिल्लामा बर्षेनी बाढी र डुवानका कारण ठूलो जनधनको क्षती समेत पुग्ने गर्दछ । बाढी र डुवानबाट हुनसक्ने क्षतीलाई कम गर्न यसपटक बाँकेमा पुर्वतयारी समेत थालिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले त्यसका लागि सबै सरोकारवालाहरुसँग छलफल गरेर योजना समेत तयार पारिसकेको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले जिल्लाका ६३ वटा गाउँ बाढी र डुवानको उच्च जोखिममा रहेको जनाएको छ । बाढी र डुवानबाट हुनसक्ने विनाशलाई कम गर्न समितिले उद्धार, खोजतलास, राहत तथा पुनस्र्थापनाका लागि आवश्यक योजना समेत तयार गरिसकेको छ । विपद् परेकोमा सहयोगका लागि अनुमानित बजेट समेत तयार पारिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । उनका अनुसार राप्ती नदी आसपासका ठाउँहरुलाई विभिन्न भागमा विभाजन गरेर डुवानमा परेका मानिसलाई उच्च ठाउँमा कसरी ल्याउने भन्नेबारे तयारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी केसीले राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका राप्ती नदीआसपासका गाउँलाई बाढीको उच्च जोखिममा राखिएको बताए ।

राप्तीसोनारी गाउँपालिका–६ र ७ का खल्ला झगडिया, पिप्रहवा, देउपुरा, शान्तिपुर, वसन्तापुर, पहाडीपुर, सर्री, सर्रा, जोरैया, सिधनवा, खल्ला टपरी, ढलैया र गोडियन पुर्वालाई बाढीको उच्च जोखिममा राखिएको छ । डुडुवा गाउँपालिकामा पर्ने होलिया, कुडुवा, कुडुवा चौफेरी, कृषि चौफेरी, गोडियनपुर्वा, अमृतपुर्वा, सोमरहना, बालुपुर्वा, नयाँ वस्ती, पिप्रहवा, खडैचा, कधइपुर्वा, सन्तलिया र हलबलडोलीलाई राप्ती नदीमा आउने बाढीको उच्च जोखिममा राखिएको छ ।

विपद् व्यवस्थापन समितिले राप्ती नदी किनारमा रहेको साबिक वनकट्टी गाविसलाई पनि बाढीको उच्च जोखिममा राखेको हो । समितिका अनुसार, साबिक वनकट्टी गाविसका वनकटवा, रमपुर्वा, कटैहिया, लतपुर्वा, राजारामपुर्वा र हल्कारापुर्वालाई बाढीको उच्च जोखिमका रूपमा सूचीकृत गरिएको छ । कम्दी गाविसको सिधनवा, लालपुर, खटनपुर र लडियाघाट गाउँ डुबानको उच्च जोखिमको सूचीमा छन् भने कचनापुर गाविसको कचनापुर, अम्रहवा, महेन्द्रपुर, टिकुलीपुर, अम्रहवा, शमशेरगंज खल्ला, मटैया, बेलबास, राजपुर र हरदेवा पनि उच्च जोखिम क्षेत्रको रूपमा पहिचान गरिएको छ । नरैनापुर गाउ“पालिका–६, गंगापुरको सोनवर्षा, कुदरवेटवा, गंगापुर र खल्लादोन्द्रा तथा नरैनापुर गाउँपालिका–५, मटेहियाका भगवानपुर गाउ“ पनि बाढीको उच्च जोखिमको सूचीमा छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी केसीले स्थानीय तहहरुलाई समेत बाढी र डुवानबाट हुनसक्ने क्षतीलाई कम गर्न पुर्वतयारी थाल्न निर्देशन दिइसकेको बताए । संविधानले नै अधिकार सम्पन्न गराएकाले बाढी र डुवानको बढी सम्भावना भएका ठाउ“का स्थानीय सरकारलाई बढी जिम्मेवार बन्न आग्रह गरिएको उनको भनाई छ ।

राप्ती नदीको उच्च जोखिममा रहेका साबिकका बैजापुर, बिनौना र खास कुश्मा गाविस भने बाढीको उच्च जोखिमको सूचीमा नपरेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । गत वर्ष आएको बाढीले बैजापुरमा एकै घरका तीनजनाको मृत्यू हुनुका साथै करोडौं रुपैया बराबरको धनमालमा क्षति पुगेको थियो । केन्द्र, प्रदेश र जिल्लाको मुख ताक्नुभन्दा पनि अब भने स्थानीय सरकारका रुपमा रहेका स्थानीय निकायहरुले आफ्नो ठाउँबाट पुर्वतयारी थाल्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

ट्रम्पको भयानक चेतावनी : “आज राति एउटा सभ्यता नै मर्नेछ”

सम्बन्धित

“एक पटक विदेशी भए पनि महान्यायाधिवक्ता बन्न मिल्छ ? कँडेलको जवाफ”

अमेरिकाले अरब संसार गुमाइसकेको छ

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com