ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा एकल महिला सम्मानित


bhawani desk
श्रावण ११, २०७५ शुक्रबार  २ : ४६ बजे

चितवन ११ साउन । चितवन रत्ननगरस्थित सौराहामा आज ३५ जना एकल महिलालाई नगदसहित सम्मान गरिएको छ ।

समाज परिवर्तन र सहकारी अभियानमा महत्वपूर्ण योगदान पु¥याएवापत सौराहा बचत तथा ऋण सहकारी संस्था रत्ननगरले उहाँहरुलाई जनही रु पाँच सयसहित कदरपत्रद्वारा सम्मान गरेको हो ।

संस्थाको १५औं वार्षिकोत्सवका अवसरमा सहकारीमा आवद्ध भएर नियमित बचत गर्ने एकल महिलालाई सम्मान गरिएको सो संस्थाका अध्यक्ष गणेश खतिवडाले बताउनुभयो ।

सो अवसरमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बचत तथा सहकारीका कारण गाउँमा नै गर्जाे टर्ने अवस्था आएकोमा खुशी व्यक्त गर्दै एकल महिला, वृद्धवृद्धा, बालबालिकाको क्षेत्रमा स्थानीय तहबाट पनि आवश्यक सहयोग रहने बताउनुभयो ।

संस्थाको अध्यक्ष खतिवडाले यहाँका एकल महिलालाई सौराहा बचतले एकल महसुस गर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वार्षिकोत्सवकै अवसरमा आज सौराहा बचतसहित लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ सौराहा वाइल्डलाइफ सिटी, लायन्स क्लब अफ चितवन कम्युनिटी हेल्प, लायन्स क्लब अफ रत्ननगर चित्रसेन बाबा र लियो क्लब अफ सौराहाको संयुक्त आयोजना रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

निर्वाचनको मुखमा देउवा सुटुक्क सिंगापुर प्रस्थान

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com