ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मार्ग इजाजत पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय


एबीसी न्यूज
श्रावण ६, २०७५ आईतबार   ७ : ३४   बजे

काठमाडौँ, ६ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मार्ग इजाजत (रुट परमिट) पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय निर्धारण गरिएको बताउनुभएको छ ।

गत वर्ष चैत १८ गते जारी भएको यातायात निर्देशिकामा रुट परमिट पाएका सवारीलाई कम्पनीमा दर्ता हुनुपर्ने समय नतोकिएकाले असार ३१ गतेको निर्णयले यो व्यवस्था गरिएको आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले जानकारी दिनुभयो ।

“साउन १ गतेदेखि संघ संस्था ऐनअनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समिति नवीकरण बन्द भएको छ, ती समितिको आयव्ययको अवस्था ३५ दिनभित्र प्रशासन कार्यालयमा पेश गर्न पनि असार ३१ गतेकै निर्णयअनुसार सबै समितिलाई निर्देशन दिइएको छ”, उहाँले भन्नुभयो ।

समितिले पेश गरेको आयव्यय विवरण सही भए नभएको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा कोष तथा लेखा नियन्त्रण कार्यालय र यातायातका कर्मचारी रहेको संयन्त्र पनि गठन भएको छ । यातायात समितिको खाता मन्त्रालयले वैशाख २१ गते नै बन्द गरेको थियो । समितिको खातामा आएका पैसाका बारेमा सम्पत्ति शुद्धीकरण विभागले पनि छानबिन गरिरहेको मन्त्री महासेठले सुनाउनुभयो ।

यातायात कार्यदलले प्रारम्भिक प्रतिवेदन पेश गरेकाले सार्वजनिक सवारीको सिट कस्तो हुनुपर्छ र टिकट कसरी कहाँ काट्ने व्यवस्थित हुने उहाँको भनाइ छ । ट्याक्सीको एकाधिकार खारेज गर्न मिटरमा नगई ग्राहकसँग बार्गेनिङ गर्नेको दर्ता खारेज गरिने मन्त्रालयले जनाएको छ ।

चालु आर्थिक वर्षको जेठसम्म मात्र सडकलगायत पूर्वाधारका काम गरी असारमा अनुगमन र मूल्यांकनका काम गर्ने निर्णयसमेत मन्त्रालयले गरेको छ । महेन्द्र राजमार्गलाई यसै वर्ष शुरु गरी तीन वर्षभित्र चार लेनमा स्तरोन्नति गर्ने, चार वर्षमा मदन भण्डारी राजमार्गको काम सम्पन्न गर्ने मन्त्रालयको योजना मन्त्री महासेठले सुनाउनुभयो । मध्यपहाडी राजमार्ग तीन वर्षमा र हुलाकी मार्ग चार वर्षमा सकिने तयारी गरिएको छ ।

प्रतिपक्षी नेपाली काँग्रेससँग कुनै एजेण्डा नभएर डा गोविन्द केसीको अनशनलाई राजनीतिक रुप दिएको उहाँको आरोप छ । अनशनका नाममा अस्थिरता ल्याउन खोजे सरकार चुप लागेर नबस्ने मन्त्री महासेठको भनाइ छ । सरकार र प्रतिपक्षी मिलेर समस्या समाधानका लागि लाग्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । (श्रव्य सामग्री उपलब्ध छ)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र बढ्दो मतभेदको संकेत, नेतृत्व र सरकारबीच तालमेलमाथि प्रश्न

चीन भ्रमणमा परराष्ट्रमन्त्री, लिपुलेक मुद्दा उठ्ला कि फेरि मौनता ?

सम्बन्धित

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

आर्थिक विधेयकमा गरिएका संशोधनहरूमा राजनीतिक रङ दिन गलत छः डा. स्वर्णिम वाग्ले

विद्युत् महसुल बक्यौता ५० अर्ब उठाउन मन्त्रालयको निर्देशन, प्राधिकरणलाई कडाइ

सम्पत्ति छानबिन आयोगको बचाउमा प्रधानमन्त्री बालेनको ६ पन्ने जबाफ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group