ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनप्रति सरोकारवालाहरुको आपत्ति


bhawani desk

काठमाडौं । सप्तरीको मलेठ घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदनप्रति आपत्ति जनाउँदै सरोकारवालाहरुले राष्ट्रिय मानव अधिकार आयोगको गम्भिर ध्यानाकर्षण गराएका छन्।

सरोकारवालाहरुले मानव अधिकारको दृष्टिले समेत गैरजिम्मेवार ढंगबाट प्रतिवेदन तयार पारेको भन्दै शुक्रबार ज्ञापनपत्र मार्फत् आयोगको गम्भिर ध्यानाकर्षण गराएका हुन्।

ललितपुरको हरिहर भवनमा रहेको आयोगको कार्यालयमा पुगेका उनीहरुले आयोगले सो घटनाका सम्बन्धमा तयार पारेको प्रतिवेदन संकुचित, पूर्वाग्रही र मानव अधिकारका दृष्टिले समेत गैर जिम्मेवार देखिएको दावी गर्दै पुनः स्वतन्त्र र निष्पक्ष छानवीन तत्काल गर्न पनि माग गरेका छन्।

आयोगको प्रतिवेदनले भ्रम मात्रै सृजना गरेकाले तत्काल निष्पक्ष छानवीन गरी सो घटनाको सत्यतथ्य बाहिर ल्याउन पनि सरकार र आयोगको गम्भिर ध्यानाकर्षण गराइएको अधिवक्ता रक्षाराम हरिजनले बताए।

२०७३ साल फागुन २३ गते सप्तरीको मलेठमा सुरक्षाकर्मीको गोली लागि ५ जना सर्वसाधारणको ज्यान गएको थियो। सोही घटनाका पीडितलाई न्याय नदिने गरी आयोगले प्रतिवेदन तयार पारेको सरोकारवालाहरुको गम्भिर आरोप छ।

आयोगको प्रतिवेदनले सुरक्षाकर्मीले गोली चलाएको कुरालाई समेत किटान गर्न नसकेकोमा उनीहरुको आपत्ति छ।  यता, राष्ट्रिय मानव अधिकार आयोगले भने सो प्रतिवेदनलाई पुन विश्लेषण गर्ने आश्वासन दिएको छ।

आयोगका अध्यक्ष अनुपराज शर्माले ज्ञापन पत्र बुझ्दै आयोगको प्रतिवेदनमाथि गरिएको टिप्पणीको स्वागत गर्ने र त्यसको गम्भिर विश्लेषण गरेर नयाँ निष्कर्षमा पुग्ने प्रतिक्रिया दिए। आयोगले प्रतिवेदनमाथि पुनर्विचार गर्ने र पीडितलाई न्याय दिन लागि पर्ने प्रतिवद्धता पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com