ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतलाई ८ विकेटले हराउँदै इंग्ल्याण्डले जित्यो शृङ्खला


एबीसी न्यूज

इंग्ल्याण्डले भारतसँगको एक दिवसीय क्रिकेट शृङ्खला जितेको छ। पहिलो खेल गुमाएको घरेलु टोलीले त्यसपछिका दुई खेलमा लगातार जित निकाल्दै तीन खेलको शृङ्खलामा २–१ को जित निकालेको हो।

लिड्सको हेडिङ्गली मैदानमा मंगलबार राति भएको तेस्रो एक दिवसीयमा इंग्ल्याण्डले भारतलाई ८ विकेटले हराउँदै शृंखला आफ्नो बनाएको हो। भारतले प्रस्तुत गरेको २५७ रनको लक्ष्य इंग्ल्याण्डले ४४ ओभर तीन बलमा दुई विकेट गुमाएर पुरा गर्‍यो।

उसका लागि जोए रूटले नटआउट शतकीय पारी खेले, उनले १२० बलमा १० चौकाको सहयोगमा १०० रन बनाए। यस्तै कप्तान इयान मोर्गनले १०८ बलमा ९ चौका र एक छक्काको सहयोगमा नटआउट ८८ रन बनाए। जेम्स विन्स २७ तथा जोनी बाइर्स्टोव ३० रन बनाएर आउट भएका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५६ रन बनाएको थियो । उसका लागि कप्तान विराट कोहलीले ७१ रनको सर्वाधिक पारी खेले। ७२ बल खेलेका उनले ८ चौका प्रहार गरेका थिए। यस्तै महेन्द्रसिंह धोनीले ४२ तथा शिखर धवनले ४४ रन बनाएका थिए।

यो हारसँगै भारतको सिरिज जितको यात्रामा ब्रेक लागेको छ। कीर्तिमानी यात्रामा अगाडि बढेको भारले अहिलेसम्म लगातार ९ वटा बाइल्याट्रल सिरिज जितेको थियो।

आयरल्याण्ड र इङ्ल्याण्ड भ्रमणमा रहेको भारतलेले पहिलो वान डे खेल ८ विकेटले जितेको थियो भने दोस्रोमा ८६ रनले पराजित भएको थियो।  अब भारतलेले इङ्ल्याण्डसँग ५ म्याचको टेष्ट सिरिज खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com