ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक


bhawani desk
श्रावण १, २०७५ मंगलबार  १ : ३० बजे

चितवन, १ साउन । भरतपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा सवारी दुर्घटना बढाएको जनाउँदै मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाएको छ ।

यही साउन ५ गतेदेखि राजमार्ग, बाइपास सडक र मुख्य शहरी क्षेत्रमा दिउँसो र राति तीनपाङ्ग्रे सवारी सञ्चालनमा रोक लगाइएको हो । जेठ अन्तिम साता नै सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो ।

महानगरपालिका प्रमुख रेणु दाहालले केही सीमित ठाउँबाट बाटो काट्न दिइने भए पनि पोखरा बसपार्क, पुल्चोक, शहीदचोक, लायन्सचोक, क्याम्पस गेट, चौबीसकोठी, हाकिमचोक, बसपार्क चोक हुँदै वाइपास सडक तथा नारायणगढ बजारको मिलनरोडलगायत मुख्य शहरी क्षेत्रमा तीनपाङ्ग्रे सञ्चालनमा रोक लगाइएको बताउनुभयो । भित्री सडकमा भने तीनपाङ्ग्रे सञ्चालन गर्न सकिने छ ।

महानगरपालिकाका इञ्जिनीयर विराट घिमिरेले इ–रिक्सा, ट्याम्पो, अटो रिक्साजस्ता तीनपाङ्ग्रे सवारीलाई निषेध गरिएकाले प्रमुख शहर र बजार क्षेत्र व्यवस्थित हुने बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जिल्लामा पाँच हजार हाराहारीमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रहेको र यसबाट धेरै दुर्घटना हुने गरेको छ भन्दै उहाँले सीमित ठाउँबाट बाटो काट्न दिएर राजमार्ग र वाइपास सडकमा सञ्चालनमा रोक लगाइएको बताउनुभयो ।

तीनपाङ्ग्रे सवारी साधनले जथाभावी बाटो काट्ने, साइड नदिने, तीव्र गतिमा चलाउने जस्ता कारणले जिल्लामा हुने बढी दुर्घटना हुने गरेको छ । महानगरपालिकाका उपप्रमुख पार्वती शाहले मुख्य शहरी क्षेत्रमा फुटपाथ बन्नाका साथै कार पार्किङ व्यवस्थापन भएपछि बजार व्यवस्थित हुने बताउनुभयो । केही समयपछि मोटरसाइकल पार्किङ पनि व्यवस्थित गराइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com