ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण एशियाली तथा आमन्त्रण( आईटिएफ )तेक्वान्दो सम्पन्न, नेपाल बन्यो च्याम्पियन


bhawani desk
असार ३२, २०७५ सोमबार  ४ : ४७ बजे

 

काठमाडौं,३२ असार । नेपालले दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले एकै साथ तीन ठुला उपाधि जितेको छ । नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्यँका साथ टिम च्याम्पियनको उपाधि हात पार्यो ।

दोश्रो स्थानमा रहेको भारतले समग्रमा ४३ स्वर्ण, ४० रजत र ३९ कास्यँ जित्न सफल भयो । तेश्रो स्थानमा रहन सफल तुर्कि्मिनिस्तानले ७ स्वर्ण, २ रजत र १ कास्य जितेको थियो । नेपालले  जुनियर र सिनियर दुबै समूहमा पनि टिम च्याम्पियनको उपाधि हात पारेको छ ।
जुनियरतर्फ प्रथम स्थान हात पारेको नेपालले ३४ स्वर्ण ४३ रजत र ६१ कास्यँ प्राप्त गर्दा दोश्रो स्थानमा रहेको भारतले ३४ स्वर्ण,१२ रजत र १२ कास्यँ ल्याउदै ठुलो चुनौती पेश गरेको थियो । सिनियरतर्फ भने नेपालले भारतलाई निक्कै पछि पार्न सफल भयो । नेपालले पहिलो स्थानका लागि १९ स्वर्ण,१२ रजत र १९ कास्यँ जित्दा दोश्रो स्थानमा रहेको भारतले भने ९ स्वर्ण,१७ रजत र २७ कास्यँमा चित्त बुझाउनु पर्यो ।
प्रतियोगितामा ३ स्वर्ण जितेकी रुबिका खड्काले सिनियर महिलातर्फ उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १८ देखि ३९ सम्मको ब्लकबेल्टको स्पाईरिङमा स्वर्ण जित्दा,टिम स्पाईरिङ र टिम प्याटनमा नेपाललाई स्वर्ण दिलाउदा महत्वपूर्ण सदस्य थिईन् ।
सिनियर पुरुषतर्फ तुकिमिन्तानका घोसान याजोङले उत्कृष्ट खेलाडीको उपाधि जिते । जुनियर महिलातर्फ भारतकी के काभना तथा पुरुषतर्फ चीनका याङ पिङलिङले उत्कृष्ट खेलाडीको उपाधि जिते ।
नेपाल आईटिएफ तेक्वान्दोको आयोजनामा संचालन भएको प्रतियोगितामा महिला १० बर्ष मुनीको उमेर समूहको २० केजी मुनीको स्पाईरिङमा नेपालकी सन्ध्या लामाले स्वर्ण जितिन् । त्यस्तै १४ देखि १५ बर्षको कलर ब्लडको स्पाईरिङ नेपालले ५ स्वर्ण जित्न सफल भयो । जस अनुसार ३५ केजी मुनी नेपालकी निशा पुलामी मगर,४५ केजी मुनी अभिना राई,५५ केजी मुनी अनिष कार्की,६० केजी मुनी कोपीला स्याङताङ र ६५ केजी मुनी डोल्मा गुरुङले स्वर्ण जित्न सफल भए ।
त्यसरी नै १५ देखि १७ बर्षको रंगिन पेटीका महिला स्पाईरिङमा नेपालले ३ स्वर्ण जितेको थियो । नेपालका लागि ४५ केजी मुनी रश्मी थापामगर,५२ केजी मुनी सचिता सुनुवार र ५८ केजी मुनी चुम्ला शेर्पाले स्वर्ण जिते । महिला १८ देखि ३९ बर्षको सिनियर रंगिन पेटीको ५२ केजी मुनी नेपालकी निश्चल राईले स्वर्ण जितिन् । महिला १५ देखि १८ बर्षको कालो पेटीमा नेपालले ३ स्वर्ण जित्न सफल भयो ।
सबिना लामाले ५५ केजी मुनी,करिश्मा घर्तिमगरले ६४ केजी मुनी र कन्याम लिम्बूले ७० केजीमाथी स्वर्ण जितेका थिए । महिला १८ देखि ३९ बर्षको कालो पेटीमा नेपालले ४ स्वर्ण जित्न सफल भयो । नेपालका लागि ४७ केजी मुनी रुबिका खड्का,५२ केजी मुनी रन्जु पुलामी मगर,५७ केजी मुनी रिना धिमाल र ७७ केजी मुनी सृजना राईले स्वर्ण जितेका थिए ।
महिला ब्यक्तिगत प्याटनतर्फ नेपालले ४ स्वर्ण हात पार्यो । रंगिन पेटीमा सचिता सुनुवार,दोश्रो डान कालो पेटीमा निश्मा बस्याल,तेश्रो डान कालो पेटीमा सोनी खड्का र चौथो डान कालो पेटीमा तुलसा राजथलाले आ–आफ्नो खेलमा स्वर्ण जित्न सफल भए । महिला टिम प्याटन र टिम स्पाईरिङमा पनि नेपालले २ स्वर्ण जित्यो । प्याटनमा रुबिका खड्का,रिना धिमाल,निश्मा बस्याल,तुलसा साजथला र हिमा खड्काको समूहले स्वर्ण जित्दा टिम स्पाईरिङमा सोनी खड्का,रुबिका खड्का,संचिता लामा,शान्ती खत्री,रिना धिमाल र सृजना राईको समूहले स्वर्ण जितेका थिए ।
त्यस्तै गरि पुरुष १० बर्ष मुनी नेपालले २ स्वर्ण जित्न सफल भयो । २२ केजी मुनी अभिषेक राई र ३२ केजी मुनी लक्की राईले स्वर्ण जितेका थिए । पुरुष १० देखि १३ बर्ष मुनीको रंगिन पेटीमा नेपालले ६ स्वर्ण जित्न सफल भयो । ३० केजी मुनी किस्मत पुन,३५ केजी मुनी शिशिर राई,४० केजी मुनी शिवम घर्तीमगर,४५ केजी मुनी,बिनोद रखाल, ५० केजी मुनी बिजय सारु र ५५ केजी मुनी निलेश थापामगरले आ–आफ्नो खेलमा स्वर्ण जिते ।
पुरुष १४ देखि १५ बर्षको रंगिन पेटीमा नेपालले २ स्वर्ण जित्यो । सुनिल गोलेले ५० केजी मुनी र अभिषेक राईले ६० केजी मुनी स्वर्ण जिते । पुरुष १६ देखि १७ बर्ष मुनी रंगिन पेटीमा नेपालले ३ स्वर्ण जित्न सफल भयो । निश्चल कुर्मालीले ४५ केजी मुनी,सुजन शाही ठकुरी ५१ केजी मुनी,पुर्ण लोप्चनले ५७ केजी मुनी र सुमित खुलाल मगर ७५ केजी माथीले स्वर्ण जितेका थिए । पुरुष १८ देखि ३९ बर्ष मुनीको रंगिन पेटीमा नेपालले ३ स्वर्ण जितेको थियो । किरण कुवँरले ५८ केजी,चुडामणी कुवँरले ६४ केजी र देवीकुमार थारुले ७१ केजी मुनी स्वर्ण जिते ।
पुरुष १५–१८ बर्ष मुनी प्रथम देखि चौथो डानको स्पाईरिङमा नेपालले ७ स्वर्ण जित्न सफल भयो । नेपालका लागि ४५ केजी मुनी श्याम राई,५१ केजी मुनी बिशाल बुढामगर,५७ केजी मुनी अनिल तामाङ, ६० केजी मुनी कृष्ण बस्नेत, ६३ केजी मुनी प्रताभ कार्की,६९ केजी मुनी अन्जिल कुवँर र ७५ केजी माथी साजन बच्चमैयाले स्वर्ण दिलाएका थिए । पुरुष १८–३९ बर्ष मुनी प्रथम देखि चौथो डानको स्पाईरिङमा नेपालले २ स्वर्ण जित्न सफल भयो । नेपालका लागि ५२ केजी मुनी सागर शम्सेर कुवँर र ७८ केजी मुनी चाउची डंगोलले स्वर्ण जितेका थिए । पुरुष पाँचौ डान भेट्रान प्याट्रनमा नेपालका लागि खेम क्षेत्रीले स्वर्ण दिलाए ।
त्यस्तै टिम स्पाईरिङमा नेपालले स्वर्ण जित्यो । चाउची डंगोल,लिलाधर बस्नेत,दिनेश बुडामगर र बीर कुवँरको टिमले भारतलाई ३–२ को स्कोरमा स्तब्ध बनाएको थियो । तीन दिने प्रतियोगिताको बिजेता खेलाडीलाई शिक्षा मन्त्री गिरीराजमणी पोखरेल,आयोजक नेपाल इन्टरनेश्नल तेक्वान्दो संघ(आईटिएफ) का अध्यक्ष अन्जन धमलालगायतले पुरस्कृत गरेका थिए ।
आईतवार बेलुकी कृतिम प्रकाशमा सम्पन्न प्रतियोगितामा नेपाल लगाएत भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, चीन, तुर्किमिनिस्तानका ६ सय खेलाडीले १५० स्वर्ण,१५० रजत र ३ सय कास्य पदकका प्रतिस्पर्धा गदैछन् । प्रतियोगितामा जुनियर र सिनियरका उमेर समूह,तौल समूहमा स्पाईरिङ, टिम स्पाईरिङ, एकल प्याट्रन, टिम प्याट्रन, सेल्फ डिफेन्सका इभेन्टहरु समाबेश गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com