ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप २०१८ का रोचक घटना


एबीसी न्यूज
असार ३२, २०७५ सोमबार   ८ : ५८   बजे

फ्रान्सको जितसँगै २४ दिने प्रतिस्पर्धा र १६० भन्दा बढी गोलसहित फुटबल प्रतियोगिता विश्वकप २०१८ समाप्त भएको छ। प्रतियोगिता अवधिमा विभिन्न रोचक कुराहरु भए ।

आइसल्याण्ड टीपको धमाकेदार प्रवेश

स्पोर्टस फिल्ममा सफलता र लोकप्रियता देखेर यो सजिलै भन्न सकिन्छ कि हामी सबैलाई आश्च्र्यमा पार्नु मन पर्छ, हामीलाई ‘अन्डरडग्स’ मनपर्छ।

पहिलोपटक विश्वकपमा भाग लिएको आइसल्याण्डको टिमले पहिलो प्रतियोगितामै दुईपटक विश्वकप जितिसकेको अर्जेन्टिनालाई कडा टक्कर दिएर सबैलाई आश्चर्यमा पारिदियो । सर्गियो एजुएरो, लियोनल मेसीजस्ता खेलाडी रहेको टिम अर्जेन्टिनाका साथ पहिलो प्रतिस्पर्धा गर्नुको अर्थ मात्र दबाव मात्रै हुन सक्दछ । तर टिमले स्वयमलाई यो प्रेशरबाट यसरी डिफेन्स गर्न सफल भयो कि प्रतियोगिता १–१ गोलबाट अगाडि बढ्नै सकेन ।

करिब ३ लाखको आवादी रहेको देश आइसल्याण्ड विश्वकपमा भाग लिने पहिलो सबैभन्दा सानो मुलुक हो । आइसल्याण्डको टिमका प्रशिक्षक हामियर हलग्रिमसन एक जना डेन्टिस्ट पनि हुन् । उनका अनुसार उनी अहिले पनि क्लिनिकमा अभ्यास गर्दछन् । किनभने फुटबल कोचको रोजगारीको कुनै भरोसा छैन ।

इंग्ल्याण्डका म्यानेजरको वेस्टकोट लुक

इंग्ल्याण्डको टिमका लागि पनि यो विश्वकप निकै रोमाञ्चक रह्यो । चाहे त्यो २८ वर्षमा पहिलोपटक सेमीफाइनलमा स्थान बनाएर होस वा पहिलोपटक पेनाल्टी गोल जितेर होस् । तर एउटा कुराले दर्शकको ध्यान निकै खिच्यो । त्यो थियो टिम म्यानेजर गैरेथ साउथगेटको वेस्टकोट लुक ।

यो वेस्टकोट लुककै कारणबाट हैशटैग पनि सामािजक सञ्जालमा भाइरल बन्यो, किनकी धेरै प्रशंसकले वेस्टकोट लगाएर ‘वेस्टकोट वेडनेस्डे’ हैशटैगका साथ आफ्नो तस्वीर शेयर गरे ।

इंग्ल्याण्डविरुद्ध कोलम्बियाको खेलमा जब कोलम्बियाका खेलाडी मतेउस उरिबे पेनाल्टी स्कोर गर्न सकेनन् तब उनी भावुक बने । तब गैरेथले उनलाई गला लगाए । तर उरिबे भावुक भए इंग्ल्याण्डका गोलकिपर जर्डन पिकफोर्डका कारणबाट जसले इंग्ल्याण्डलाई उनको पहिलो पेनाल्टी शूटआउटबाट जिताए ।

जर्मनीको नयाँ रेकर्डः समूह चरणबाटै बाहिर

गोलकिपरको कुरा गर्ने हो भने मेक्सिकोको टिमले आफ्नो गोलकिपर गियेरमो ओचोआलाई श्रेय दिनुपर्छ । जर्मनी र मेक्सिकोबीचको खेलमा जर्मनीको २६ प्रयासलाई उनले फेल गरिदिए । र, पछिल्लो विश्वकप विजेता टिम आफ्नो समूह चरणको खेलमै पराजित भयो ।
मेक्सिकोका प्रशंसकका लागि यो खुसीको अवसर थियो, किनभने ३३ वर्षपछि मेक्सिकोले जर्मनीलाई पराजित गरेको थियो ।

‘म यतिधेरै बेवकूफ किन छु’

इंग्ल्याण्डविरुद्ध जितपछि बेल्जियमका खेलाडी मिची बेशयुआईले खुसी मनाउनु दर्शकहरुका लागि ठट्ठाको विषय बन्यो । जितको खुसीमा जसै उनले खोली पोस्टमा बल प्रहार गरे, त्यो प्रहार खम्बामा ठोक्किएर उनको मुखमै लाग्यो ।

त्यसपछिको उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल हुन थाल्यो । उनी स्वयमले आफ्नो ट्वीटरमा लेखे–म यतिधेरै बेवकूफ किन छु।

रोनाल्डोको ह्याट्रिक

पोर्चुगलका टिम कप्तान क्रिस्टियानो रोनाल्डो यो विश्वकपमा ह्याट्रिक आफ्नो नाममा पार्न सफल भए । पोर्चुगल र स्पेनबीचको खेलमा उनले ३ गोल गरे । प्रतियोगिता बराबरीमा राकियो । उनले इरान र मोरक्को विरुद्ध पनि १–१ गोल गरे । तर, उरुग्वेसँग पराजित भएर पोर्चुगल विश्वकपबाट बाहिरियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group