ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिक र सहायताकर्मीको रक्षागरौ : गुटेरेश


admin

संयुक्त राष्टसंघ, ३ भदौ । संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धका बेला पनि सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षाका लागि सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले युद्धका बेला पनि त्यसमा प्रत्यक्ष रुपमा संलग्न नभएका नागरिकको ज्यान जाने गरेको अवस्था सबैका लागि लाजमर्दाे हो भन्नुभएको छ ।
अन्तर्राष्टिय मानवता दिवसको अवसरमा शनिबार दिनुभएको सन्देशमा उहाँले सो आग्रह गर्नुभएको हो ।
युद्धसँग प्रत्यक्ष रुपमा संलग्न नभएका र युद्धपछि पनि त्यसका प्रभावितहरुलाई सहायता बाँड्न जाने गरेका सहायताकर्मीहरुको ज्यान जाने गरेको छ ।


यस्ता क्रियाकलापहरुलाई तत्कालै रोक्न र नागरिकको संरक्षण गर्न उहाँले विश्व समुदायलाई आग्रह गर्नुभएको हो ।
युद्धको चपेटामा परेका दशौँ लाख नागरिक अहिले पनि गास, बास, पानी, औषधि, शिक्षा तथा अरु पनि कैयौँ आधारभूत आवश्यकताबाट बन्चित हुनु परिरहेको अवस्थामा उनीहरुलाई सहयाताका लागि गएका सहायताकर्मीमाथि नै हमला हुनु अमानवीय कार्य बाहेक अरु केही होइन— उहाँले भन्नुभएको छ ।
द्धन्द्धका बेलामा नागरिकको संरक्षण र रक्षा गर्नु भनेको पनि अन्तर्राष्टिय मानवता सम्बन्धी कानुनको एक आधारभूत सिद्धान्त हो भन्ने कुरा सबैले बुझ्नुपर्नेमा उहाँको भनाई थियो ।
उहाँले द्धन्द्धमा लागेका र नागरिकका विरुद्धमा हिंसा मच्चाउने सबैजनालाई यो आधारभूत अन्तर्राष्ट्रिय कानुनको बारेमा ख्याल गर्न पनि आग्रह गर्नुभएको उक्त सन्देशमा जनाइएको छ ।
द्धन्द्धको चपेटमा परेर खान बस्न र सामान्य औषधि उपचार पनि नपाएका नागरिकलाई सहयोग गर्न उहाँले विश्वका दाता राष्टहरुलाई पनि आग्रह गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com