ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्नपूर्ण क्षेत्रलाई पर्या पर्यावरण कुमारी क्षेत्र घोषणा गरिने


bhawani desk
असार ३०, २०७५ शनिबार  ४ : ०५ बजे

पोखरा, ३० असार । अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गर्ने भएको छ ।

विश्वका १० उत्कृष्ट पदमार्गमध्ये पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रको पर्यावरणीय संरक्षणलाई दृष्टिगत गरी गाउँपालिकाले उक्त नीति अवलम्बन गर्न लागेको हो ।

गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार अन्नपूर्ण आधार शिविर मार्गमा पर्ने छोम्रेङमाथि कुनै पनि पूर्वाधार विकासका नाममा मेसिनरी औंजार प्रयोग गरिने छैन ।

अन्नपूर्ण हिमालको आधार शिविरलगायत अन्य आवश्यक स्थानमा साझेदारी नीतिका आधारमा पर्यटकको बसाइँ व्यवस्थित, सुरक्षित बनाउन सार्वजनिक जग्गामा रहेका लज एवं रेष्टुरेन्टमा निश्चित कोठा थप गर्ने नीति अवलम्बन गरिने कुँवरले जानकारी दिनुभयो ।

पदमार्ग क्षेत्रमा होटलको स्तरोन्नतिका साथै होटेलको संख्या थप गर्न र पर्यापर्यटनमा अभिवृद्धि गर्न कार्यदल निर्माण गरी त्यसबारे आवश्यक अध्ययन गरी निर्णय लिने गाउँपालिकाको योजना छ ।

अध्यक्ष कुँवरका अनुसार पदयात्रा पर्यटनको विकासका लागि गाउँपालिकाले हालै ग्रेट अन्नपूर्ण ट्रेकिङ ट्रेलको डिपिआर तयार गरेको छ । पदयात्रा पर्यटनलाई गाउँपालिकाले प्राथमिकतामा राख्नु स्वागतयोग्य भएको टे«किङ एजेन्सीज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष दीपकराज अधिकारीले बताउनुभयो ।

“अन्नपूर्ण चक्रिय पदमार्गको उत्तर तर्फका मार्ग संकटमा परिरहेका अवस्थामा दक्षिणी भेगतर्फ यसको संरक्षण एवं प्रवद्र्धनमा भइरहेको प्रयास सह्रारनीय छ,” उहाँले भन्नुभयो, “अन्नपूर्ण गाउँपालिका जस्तै माछापुच्छ«े, मादी जस्ता गाउँपालिकाले पनि पद्यात्रा पर्यटनलाई प्राथमिकतामा राख्नु आवश्यक छ ।”

मर्दी ट्रेक, माछापुच्छ«े मोडल टे«क, किर्कु पास, कफुचे लेक जस्ता पदमार्गको संरक्षण एवं प्रवद्र्धन आवश्यक रहेको उहाँले बताउनुभयो ।
अन्नपूर्ण क्षेत्रमा विशेष राहत, उद्धार एवं विपद्को अवस्थामा बाहेक हवाई हेली उडान कटौती गरी ध्वनी प्रदूषण रोक्ने नीति अवलम्बन गरिने गाउँपालिका प्रमुख कुँवरले बताउनुभयो ।

अन्नपूर्ण क्षेत्रमा प्रयोग भइरहेका हेलिकोप्टर र त्यसको आवाजसँगै ध्वनीप्रदूषण भइरहेको र त्यसका कारण त्यहाँ रहने जीवजन्तुलाई असर परिरहेको अवस्थाप्रति गम्भीर बन्नुपर्ने अवस्था आएकोमा गाउँपालिकाले थालेको यो प्रयास सकारात्मक भएको टान पश्चिमाञ्चल क्षेत्रीय संघका वरिष्ठ उपाध्यक्ष हरि भुजेल बताउनुहुन्छ ।

गाउँपालिकाले पर्यापर्यटनको संरक्षणलाई लक्षित गरी कार्यक्रम ल्याउनु सकारात्मक भएको बताउँदै उहाँले पर्यापर्यटनको संरक्षण अपरिहार्य भएको धारणा व्यक्त गर्नुभयो ।

अन्नपूर्ण क्षेत्रको प्रवद्र्धनका लागि आधार शिविरमा प्रथम हिमाल आरोही मौरिस हर्जोगको सालिक स्थापना गरी अनावरण गरिने तयारी पनि गरिएको छ ।

वर्षेनी ठूलो संख्यामा विदेशी पर्यटक यस क्षेत्रमा पदयात्राका लागि आउने गरेका छन्, भने पछिल्ला समयमा स्वदेशी पर्यटकको आकर्षण पनि उत्तिकै बढेको छ । अघिल्लो वर्ष अन्नपूर्ण पदमार्ग क्षेत्रमा ३२ हजार पर्यटकले पद्यात्रा गरेका छन् ।

नयाँ पुलदेखि वीरेठाँटी, तिखेढुंगा घोडेपानी मुक्तिमार्ग धेरै स्वदेशी एवं विदेशी पर्यटकले रुचाइएको पदमार्ग हो ।  (रासस)

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com