ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजार अभावका कारण जडीबुटी उद्योग बन्द


bhawani desk
असार ३०, २०७५ शनिबार  २ : २८ बजे

पाल्पा, ३० असार । पाल्पामा सञ्चालित जडीबुटी उद्योग बन्द भएको छ ।

गाउँघरमा त्यतिकै खेर गइरहेका जडीबुटीलाई प्रशोधन गरी प्रयोगमा ल्याउने उद्देश्यका साथ सञ्चालित त्यस्ता उद्योग सरकारको स्पष्ट नीति र बजार अभावका कारण बन्द भएको हो ।

तिनाउँ गाउँपालिका–३ झुम्सास्थित जुडीबुटी कारखानामा विगत पाँच वर्षदेखि विभिन्न प्रशोधनयन्त्र तथा सरसामान काम नलाग्ने अवस्थामा पुगेका छन् । जडीबुटी पेल्ने मेसिन, आंैजारमा खिया लागेको छ । उद्योग बन्द भएपछि विभिन्न किसिमका सरसामान बिग्रिएका छन् । जडीबुटी उद्योग बन्द भएपछि एकजना हेरालुले कार्यालय कुर्दै आएका छन् ।

रु एक करोडको लागतमा सहकारीमार्फत सञ्चालनमा आएको उक्त उद्योगबाट तीतेपाती, काउलो हर्राेबर्राे, तेजपात दालचिनी, अमला, पखनवेद, कुरिलोको बोक्रा, चुत्रोको बोक्रालगायतका जडीबुटी प्रशोधन गरी बिक्री हुँदै आएको थियो ।

जिल्लालाई जडीबुटीको क्षेत्रमा नमूना जिल्ला बनाउने अभियानका साथ विसं २०५६ मा सहकारीमार्फत उक्त उद्योग सञ्चालनमा आएको थियो ।

शुरुका दिनमा उत्पादन गरेर बेचबिखन गरियो तर सहकारीमार्फत सञ्चालन भएकाले उद्योगको ट्रेडमार्क पाउन सकिएन, हामीले उत्पादन गरेको जडीबुटीको अर्काे पक्षलाई दिई अर्काको ट्रेडमार्कमा बिक्री गर्नुपर्ने बाध्यता रहेको सञ्चालक नारायणबहादुर जिसीले बताउनुभयो ।

अहिले उद्योगबाट सिलाजित बाहेक अन्य जडीबुटी प्रशोधन हुन सकेको छैन । “उद्योग सञ्चालनका लागि सहकारीका ९० जना शेयर सदस्यबाट रु एक करोड भन्दा बढी लगानी गरेका छौ तर उद्योग सञ्चालन गर्न नसक्दा शेयर सदस्यलाई सावासमेत फिर्ता गर्न नसकिएको हो,” उद्योग सञ्चालक झपेन्द्रबहादुर जिसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com