ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाले विश्वकप जित्ने आधार


एबीसी न्यूज
असार ३०, २०७५ शनिबार  ८ : १९ बजे
Nepal Live

काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि आइतबार सन् १९९८ को च्याम्पियन फ्रान्स र पहिलो पटक फाइनलमा पुगेको क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ।

पहिलो पटक फाइनलमा स्थान बनाउने क्रममा क्रोएसियाले सानदार खेल पस्कियो। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले क्रोएसियाको खेलको प्रसंशा गर्दै  क्रोएसिया उपाधि लायक हुनुका तीन कारण दिएको छ।

१‍.चमत्कारिक टिम र उच्च आत्मबल

प्रशिक्षक जेटलाट्को डालिकले क्रोएसियन टिमलाई फाइनलसम्म पुर्‍याउन धेरै मिहिनेत गरिरहेका छन्। टिमको वातावरण अहिलेसम्मै उत्कृष्ट भएको खेलाडीहरुले पटकपटक बताउने गरेका छन्।पछिल्लो ५० दिन एकसाथ बिताइसकेका खेलाडीहरुले परिवार जस्तो महसुस गरिरहेका छन्। खेलाडीहरु मैदानमा एकअर्काका लागि ज्यान दिन तयार देखिएका छन्। लगातार ३ खेलमा थप समयमा खेल्नु परेपनि क्रोएसियाले टिम भावनाले खेल्दै जित निकालेको थियो।

२. मानसिक रुपमा सबल

डेनमार्क, रसिया र इंग्ल्यान्ड, ३ वटै टिमविरुद्ध पछाडि परेर पनि क्रोएसियाले जित निकाल्यो। अघिल्ला २ खेलमा उसले पेनाल्टी सुटआउटमा जित निकालेको थियो। उत्कृष्ट पुनरागमन गर्न माहिर क्रोएसिया मानसिक रुपमा बलियो र खेलमा डटिरहने टिम हो। कप्तान लुका मोर्ड्रिक भन्छन् ‘मैदानमा डटिरहने चत्रित्र देखाउन सफल भयौ।’  यो चरित्रले क्रोएसियालाई फाइनलमा सहज हुने देखिन्छ।

३. अनुभवी टिम 

क्रोएसियाको स्वर्णिम पुस्ताको फुटबल टिमको नेतृत्व लुका मोड्रिकले गरिरहेका छन्। रियल म्याड्रिकका मिडफिल्डर मोड्रिक बाहेक टिममा बार्सिलोना, इन्टर मिलान, युभेन्ट्स र लिभरपुल जस्ता बलिया क्लबमा आबद्ध खेलाडी छन्। जसमा इभान राकिटिक, मारियो मान्जुकिक, इभान पेरिसिक, माटेओ कोभाकिक र डेजान लोभ्रेन पर्छन्। क्रोएसियन टिमको औसत उमेर २७ वर्ष १० महिना छ। टिममा अनुभवी खेलाडीसँगै आत्मविश्वास पनि छ। टिममा रहेका सबै खेलाडी क्लब फुटबलमा पहिलो रोजाइमा पर्छन्। अर्कोतर्फ सबैले आफ्नो क्षमता राम्रोसँग बुझेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com