ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्खे धानका लागि सात हजार रासायनिक मल बिक्री


bhawani desk
असार २९, २०७५ शुक्रबार  ४ : ०४ बजे

धनगढी, २९ असार । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले बर्खे धानका लागि सात हजार ३०० टन रासायनिक मल बिक्री गरेको छ ।

सरकारको अनुदानित मल बिक्री वितरण गर्दै आएको सो कार्यालयले गएको चैतदेखि हालसम्म डिएपी दुई हजार ७७४, युरिया चार हजार ४८१ र पोटास ९५ टन मल बिक्री गरेको छ ।

दुई सय २५ भन्दा बढी सहकारी संस्थामार्फत कम्पनीले उक्त अनुदानित मल बिक्री वितरण गर्दै आएको छ । कम्पनीले डिएपी प्रतिक्विन्टल रु चार हजार ५५२, युरिया रु एक हजार ६५२ र पोटास रु तीन हजार ३५२ मा सहकारीलाई बिक्री गर्दैआएको छ ।

सहकारी संस्थाले ढुवानी र प्रशासनिक खर्च जोडेर किसानलाई मल बिक्री गर्ने गरेको छ । कार्यालय प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार कम्पनीको गोदाममा आहिले युरिया ६६० टन, डिएपी ५६ टन र पोटास १६६ टन मौज्दात छ । धानखेती गर्न कैलालीमा वर्षेनी रासायनिक मलको खपत बढ्दै गएको पाण्डेयले बताउनुभयो ।

खपत वर्षेनी बढ्दै जाँदा १५ प्रतिशतभन्दा बढी परिमाणको मल आपूर्ति गरेर बिक्री गर्नुपरेको कार्यालय प्रमुख पाण्डेयले बताउनुभयो । प्रदेश नं ७ को डोटी र कञ्चनपुर बाहेकका जिल्लामा कृषि सामग्री कम्पनी धनगढी कार्यालयमार्फत मल बिक्री वितरण गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com