ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितुवाको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १० लाख राहत


bhawani desk
असार २९, २०७५ शुक्रबार   १० : ०९   बजे

पोखरा, २९ असार । चितुवाको आक्रमणबाट मृत्यु भएका तनहुँ जिल्लाको एक परिवारलाई चार महिनापछि राहत प्रदान गरिएको छ ।

तनहुँ, भानु नगरपालिकाका–३, तीनकुने टोलका छवर्षीय विशाल श्रेष्ठको परिवारलाई नेपाल सरकारका तर्पmबाट उपलब्ध गराइएको रु १० लाख राहत आज प्रदान गरियो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गाउँमा नै पुगेर बालकका बुबा वीरेन्द्र र आमा रुपालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै संरक्षण शिक्षाको विस्तार, सुरक्षित तारबार, पूर्वसूचना प्रणालीको विकास, प्रदेशमा वन्यजन्तु उद्धार केन्द्रको स्थापना, प्राणी उद्यान केन्द्र निर्माणलगायत नीति सरकारले ल्याउने तयारी गरेको जानकारी दिनुभयो ।

उद्योग मन्त्रालयका प्रदेश सचिव डा बुद्धिसागर पौडेलले मृतकका परिवारलाई तत्काल राहतस्वरुपको रकम दिने पहल थालिए पनि प्रक्रिया लामो हुन पुग्दा ढिलाइ हुन पुगेको बताउनुभयो ।

सो अवसरमा भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले व्यक्तिगत रुपमा मृतक बालकको परिवारलाई रु २५ हजार सहयोग गर्दै विशालका भाइलाई कक्षा १० सम्म अध्ययन गर्दा लाग्ने रकमआफूले व्यहोर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विसं २०७४ फागुन १ गते शिवरात्रिका दिन मामाघर जाँदै गरेका श्रेष्ठलाई चितुवाले साँझ ६ बजे आक्रमण गरी २०० मिटर तल जंगलमा लगेर खाएको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group