ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिनभरि आँप र केरा बेचेर कापीकलम


bhawani desk
असार २८, २०७५ बिहीबार   ५ : ३५   बजे

सुर्खेत, २७ असार । बराहताल गाउँपालिका–८ की हिमा रोकाया दिउँसोको समयमा सुर्खेत–जुम्ला सडकमा आँप बेच्नुहुन्छ । दिनभरि आँप र केरा बेचेको पैसाले उहाँ कापीकलम किन्नुहुन्छ ।

रोकायाले दैनिक रु ८०० भन्दा बढी आम्दानी गर्नुहुन्छ । नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ५ मा पढ्दै गरेकी रोकाया आवश्यक कापीकलम र नयाँ लुगा किन्न पढाइ छोडेर आँप र केरा बेच्नुहुन्छ ।

आर्थिक अवस्था कमजोर भएकाले कापीकलम किन्न र विद्यालयको पोशाकको जोहो गर्न उहाँ आँप र केरा बिक्री गर्दैआउनुभएको छ ।

रोकाया मात्र होइन सोही विद्यालयको कक्षा ४ मा पढ्ने सपना रोकाया पनि साथीहरुसँग बिहान–बेलुका आँप बिक्री गर्नुहुन्छ । “कापीकलम र नयाँ लुगा किन्न आँप र केरा बिक्री गर्ने गरेकी छु,” उहाँले भन्नुभयो ।

हिमा र सपना मात्र होइन वीरेन्द्रनगरबाट पश्चिम सुर्खेत हुँदै दैलेख जुम्ला जाने सडक वरपरका गाउँका विद्यार्थी आँप, मकै र केरा बिक्री गर्दैआएका छन् । उनीहरुलाई अभिभावकले नै आँप बेच्न पठाउने गरेको स्थानीयवासी ताराकेशर गौतमले बताउनुभयो ।

सडकमा बालबालिका गाउँमा उत्पादित विभिन्न कृषि वस्तु बेचेर आम्दानी गर्दै आएका छन् । उनीहरुले त्यही पैसोले नुन, तेल, चामल र दालको जोहो गर्ने गरेका छन् ।

अधिकांश विद्यार्थी गाउँमा उत्पादित विभिन्न कृषि वस्तु बजारमा लगेर बिक्री गरी पढाइ खर्च जुटाउँदै आएका छन् । अहिले आँपको मूल्य प्रतिदाना रु १० देखि रु २० पर्छ । उनीहरुले प्रतिमकै रु १० देखि रु २० सम्ममा बिक्री गर्दैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि बढ्दो प्रश्न, संसददेखि संवैधानिक निकाय र कूटनीतिक क्षेत्रमा विवाद

रास्वपामा रवि शक्तिशाली सभापति बन्दै, एक तिहाइ सदस्य मनोनीतको अधिकार

सम्बन्धित

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

बालेन सरकार गठनपछि २ महिनामै ४८ अर्ब ऋण स्वीकार, ३ अर्बभन्दा बढी अनुदान

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group