ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रो खेलाडीलाई भेट्न ड्रेसिङ रुममा पुगे


एबीसी न्यूज
असार २७, २०७५ बुधबार   २ : ११   बजे

२७ असार – फ्रान्सेली प्रशिक्षक डिडियर डेसच्याम्प्सलाई खेलाडी र प्रशिक्षक दुवैको रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बन्न अब एक मात्र जित आवश्यक छ ।

सन् १९९८ को डेसम्याम्प्सको कप्तानीमा फ्रान्सले विश्वकप जित्दा केलियन एम्बाप्पे जन्मिएका समेत थिएनन् । तर, अहिले डेसम्याम्प्सकै प्रशिक्षिकत्वमा एम्बाप्लेले रुसमा उत्कृष्ट प्रर्दशन गरिरहेका छन् ।

मंगलबार बलियो बेल्जियमलाई हराएपछि फाइनलमा स्थान बनाएपछि एम्बाप्पेले फ्रान्सको यो सफलता आफ्नो सबैभन्दा उडन्ते सपनामा पनि नचिताएको बताएका छन् ।

लेसब्लुस टिमको लागि सनसनीपूर्ण प्रदर्शन गरिरहेका १९ वर्षीय एम्बाप्पेले आक्रामक मुभ बनाउँदै उत्कृष्ट अवसरहरु सिर्जना गरेका छन् । बेल्जियमसँग सेमिफाइनल खेलमा पनि उनले त्यस्तै अर्को एक उत्कृष्ट प्रर्दशन देखाए ।

२०१७ पछि एमबाप्पेको लागि जीवन एक आँधी जस्तै भएको छ, उनले एककाएक ठूल्ठूला सफलता हात पारिरहेका छन् । उक्त सिजनमा उनले मोनाकोको लिग वान उपाधि जित्ने अभियानमा महत्वपूर्ण भूमिका निभाएका थिए ।

त्यसपछि उनी १८० मिलियन यूरोमा पेरिस सेन्ट जर्मेन पुगे । पीएसजीबाट पनि लिग उपाधी जितिसकेका उनी १९ वर्षको उमेरमा नै विश्वकप फाइनल खेल्दैछन् ।

‘मैले मेरो जिन्दगीकै सबैभन्दा उडन्ते सपनामा पनि विश्वकप फाइनल खेल्ने कुरा कल्पना गरेको थिइन’ पोस्ट म्याच कन्फ्रेन्समा उनले भने, ‘म सपना देख्ने गर्छु र यो मेरो जिन्दगीकै सबैभन्दा ठूलो सपना हो । तर, अझै एक कदम अगाडी बढ्न बाँकी नै छ । तर हामीले जे गर्यौं, त्यसमा गर्व गर्छौं ।’

मंगलबार बेल्जियममाथि १–० को जीत हात पारेपछि फ्रान्सको उपाधि जित्ने सम्भावनालाई धेरै बलियो बनाएको छ ।

जीतपछि फ्रान्सभर खुसीयाली छाएको छ र एम्बाप्पेले पनि टिमको प्रर्दशनको कारण फ्रान्सेली जनता खुसी छन् भन्ने बुझेका छन् । ‘राष्ट्रपति इम्यानुयल म्याक्रो आँफै हामीलाई भेट्न ड्रेसिङ रुममा आउनुभयो’ उनले भने, ‘पुरै देश हाम्रो साथमा छ ।’ एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

विश्वकप फुटबलमा अस्ट्रियाले जोर्डनलाई हरायो

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

सेनेगलविरुद्धको खेलमा एम्बाप्पेले के–के कीर्तिमान तोडे ?

एम्बाप्पेको कीर्तिमान र हालान्डको चेतावनी, समूह ‘आई’ मा फ्रान्स र नर्वेको दमदार सुरुआत

विश्वकप २०२६ : हालान्डको दोहोरो प्रहार र इराकको दुर्भाग्यपूर्ण गल्ती, नर्वेको प्रभावशाली ४–१ जित

विश्वकप २०२६ : एम्बाप्पेको ऐतिहासिक कीर्तिमान, फ्रान्सले सेनेगलको चुनौती पन्छाउँदै विजयी सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group