ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकपको उपाधि फ्रान्सले जित्ने दाबीसहितको अध्ययन सार्वजनिक


एबीसी न्यूज

विश्व खेलकुदको ठूलो तथ्यांकीय श्रोत ओप्टाले रुस विश्वकपको उपाधि फ्रान्सले जित्ने दाबीसहितको अध्ययन सार्वजनिक गरेको छ।
सोमबार सार्वजनिक अध्ययनमा फ्रान्सले विश्वकप जित्ने सम्भावना ४१ प्रतिशत देखाएको छ। यस्तै अध्ययनले दोस्रोमा बेल्जिमय(२१ प्रतिशत), तेस्रोमा क्रोएशिया(२० प्रतिशत) र चौथोमा इंग्ल्याण्ड(१८ प्रतिशत)को विश्वकप सम्भावना देखाएको छ।

अध्यनका आधार के ?

ओप्टाले प्रत्येक टोलीको विगतको आक्रामक र रक्षात्मक शक्ति र विश्वकपको प्रदर्शनलाई आधार मान्दै सो नतिजा निकालेको दाबी गरेको छ। विश्वकप सुरु हुनुभन्दा चारवर्षअघि देखिका आधिकारिक खेलहरुमा आएको नतिजा बमोजिम टोलीको आक्रामक र रक्षात्मक शक्तिको अध्ययन गरिएको उल्लेख गरिएको छ। टोलीले विश्वकप छनोट, कन्फेडेरेशन च्याम्पियन्ससिप, मैत्रीपूर्ण खेलहरु, फिफा कन्फेडेरेशन कप तथा २०१० र २०१४ को विश्वकपका प्रदर्शनलाई आधार मानिएको ओप्टाले उल्लेख गरेको छ।

कुन देश कसरी पुगे सेमिफाइनलमा ?

बेल्जियम

समूह चरणमा पानामा, ट्युनिसिया र इंग्ल्याण्डलाई पराजित गर्दै समूह जी को विजेता बनेको बेल्जियमले अन्तिम १६ मा जापान र क्वार्टरफाइनलमा ब्राजिललाई पराजित गर्दै अपराजित रुपमा सेमिफाइनमा स्थान बनाएको हो।

१२ पटक विश्वकप खेलेको बेल्जियमको हालसम्म सबैभन्दा ठूलो उपलब्धि भएको १९८६ मा चौथो स्थान हासिल गर्नु हो। यसपटकको बेल्जियमको टोलीलार्इ स्विर्णिम पुस्ता भनिएको छ। टोलीका रामेलु लुकाकु ४ गोल गर्दै गोल्डनबुटका दाबेदार हुन्।

फ्रान्स

समूह चरणमा अष्ट्रेलिया, पेरुलाई पराजित गरेको फ्रान्सले अन्तिम खेलमा डेनमार्कसँग गोलरहित बराबरी खेलेको थियो। अन्तिम १६ मा भने अर्जेन्टिनालाई पराजित गरेको उसले क्वार्टरफाइनलमा उरुग्वेमाथि २–० को जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो।

१४ पटक विश्वकपमा स्थान बनाएको फ्रान्स पाँच चोटी सेमिफाइनमा पुगेको छ भने दुई चोटी फाइनल खेलको छ। जसमा उसले १९९८ मा उपाधि रक्षा गर्न सफल भएको थियो। उसका १९ वर्षका केलियन एम्बाप्पेले ३ गोल गरिसकेका छन्।

इंग्ल्याण्ड

समूह चरणमा इंग्ल्याण्डले ट्युनिसिया, पानामालाई पराजित गरेको थियो भने अन्तिम खेलमा बेल्जियमसँग पराजित हुँदै समूहको उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको थियो। नकआउट चरणमा कोलम्बियालाई र क्वार्टरफाइनलमा स्वीडेनलार्इ पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो।

१४ पटक विश्वकप खेलिसकेको इंग्ल्याण्ड १९६६ को विश्व च्याम्पियन बनेको थियो। त्यसबाहेक इंग्याण्ड २ पटक सेमिफाइनलमा पुगेको छ। कप्तान ह्यारी केन ६ गोल गर्दै गोल्डन बुट अवार्डमा सबैभन्दा अघि छन्।

क्रोएशिया

समूह चरणमा क्रोएशियाले सेनेगल, अर्जेन्टिना र आइसल्याण्डलाई पराजित बन्दै समूह डीको विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो। अन्तिम १६मा डेनमार्क र क्वार्टरफाइनलमा आयोजक रसियालाई पेनाल्टीमा पराजित गर्दै क्रोएसियाले सेमिफाइनलमा स्थान बनाएको हो।

विश्वकपमा क्रोएशिया दोस्रो चोटी सेमिफाइनलमा पुगेको हो। यसअघि १९९८ मा सेमिफाइनलमा पुग्दै टोली तेस्रो बनेको थियो। उसका लुका मोड्रिच राम्रो लयमा छन्। उनी समूह चरणमा नाइजेरिया र अर्जेन्टिनाविरुद्धको खेलमा म्यान अफ द म्याच चुनिएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com