ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नुवाकोटमा नौहजार प्रतिष्ठानमा बत्तीस हजार जनशक्ति


bhawani desk

नुवाकोट, २५ असार । राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आँकलन गर्ने उद्देश्यले सरकारले पहिलो पटक सञ्चालन गरेको नुवाकोटको आर्थिक गणनाको स्थलगत अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको छ ।

आज विदुरमा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार यहाँका १२ वटा स्थानीय तहअनुसार व्यावसायिक प्रतिष्ठान (आर्थिक एकाइ) को संख्या आठ हजार ८०९ रहेको उल्लेख छ । ती प्रतिष्ठानमा महिलाको संख्या १३ हजार १९२ जना र पुरुष १८ हजार ८९० जना गरी ३२ हजार ८२ जना जनशक्ति आबद्ध भएको तथ्याङ्क कार्यालयका प्रमुख भविश्वर घिमिरेले जानकारी दिनुभयो ।

गत वैशाख १ गतेदेखि शुरु गरी जेठ मसान्तसम्म गरिएको स्थलगत तथ्याङ्कअनुसार यहाँको विदुर नगरपालिकामा तीन हजार १९, बेलकोटगढी नपामा ९४८, दुप्चेश्वर गाउँपालिकामा ७५६ वटा व्यावसायिक प्रतिष्ठान, तादीमा ५६९ औद्योगिक प्रतिष्ठान, सूर्यगढीमा ४०५, किस्पाङमा ४०९, म्यागङमा ४०४ व्यावसायिक प्रतिष्ठान रहेको उल्लेख छ ।

तथ्याङ्क कार्यालयका अनुसार तार्केश्वर गापामा ३८९ व्यावसायिक प्रतिष्ठान, लिखुमा ६०१, पञ्चकन्यामा ३५७, शिवपुरीमा ३५२ र ककनीमा ६०० प्रतिष्ठान रहेको पाइएको छ ।

गणनाबाट प्रशासनिक, भौगोलिक र आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानको संख्या, प्रतिष्ठानमा संलग्न तहगत, प्रकृति र लिङ्कअनुसार कर्मचारी संख्या, आर्थिक एकाइको घनत्व, कार्यरत जनशक्तिका आधारमा प्रतिष्ठानको औसत आकार, तलबी र बेतलबी कामदारको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानको अनुपातिक वितरण निकालिएको घिमिरेले जानकारी दिनुभयो ।

आर्थिक गणनामार्फत प्रमुख पाँच आर्थिक क्रियाकलाप, पूँजीगत स्थितिका आधारमा आर्थिक क्रियाकलापको क्षेत्रअनुसार प्रतिष्ठानको वितरण, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार वैदेशिक पूँजीको अनुपात, आर्थिक क्रियाकलापको क्षेत्रअनुसार आम्दानी, बिक्री र सञ्चालन खर्चको वितरण, दर्ता स्थितिअनुसार प्रतिष्ठानको अनुपात, वैधानिक स्थितिअनुसार प्रतिष्ठानको अनुपात, व्यवसाय सञ्चालन हुने समयअनुसार प्रतिष्ठानको वितरणसमेत तयार गरिएको छ ।

घिमिरेका अनुसार गणनामार्फत प्रतिष्ठानले ओगटेको भवन, जग्गाले ओगटेको क्षेत्रफलअनुसार वितरण, ऋणमा पहुँच हुने प्रतिष्ठानको अनुपातलगायतका सूचकसमेत निकालिएको छ । “आर्थिक क्षेत्रमा पहिलो पटक प्रतिष्ठानमा नै पुगेर संकलन गरिएको विवरण संघीयता कार्यान्वयनको चरणमा धेरै क्षेत्रका लागि महत्वपूर्ण रुपमा लिन सकिन्छ” उहाँले भन्नुभयो ।

आर्थिक नीति, योजना निर्माण तथा प्रशासनिक कार्यमा, अध्ययन तथा अनुसन्धान, उद्योग, व्यापार, श्रम, अन्य आर्थिक क्रियाकलाप र सेवा प्रदान गर्ने क्षेत्र, तथ्याङ्कीय सर्वेक्षणको नमूना तयार, नेपाल तथ्याङ्कीय व्यावसायिक रजिष्ट्रार निर्माण र राष्ट्रिय लेखा तथ्याङ्कको अभिवृद्धिका लागि सार्वजनिक भएको नतिजालाई ऐतिहासिक मानिएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com