ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाशीलाका कृषकलाई विद्युतीय मिल वितरण


bhawani desk
असार २४, २०७५ आईतबार   ११ : ०५   बजे

 पर्वत, २४ असार । कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले पर्वतको महाशीला गाउँपालिकाले कृषकलाई विद्युत्बाट सञ्चालन हुने मिल वितरण गरेको छ ।

थोरै समय र थोरै लागतमा धेरै अन्नपात कुटनीपिसानी गर्न सकिने मिल वितरण गरिएको हो । गाउँपालिकाले स्थानीय कृषक समूहहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा उक्त मिल उपलब्ध गराएको हो ।

धान कुट्न, कोदो, मकै, जौ, फापर, गहुँजस्ता खाद्यान्न बाली पिस्नका लागि प्रयोगमा ल्याउन सकिने उक्त मिलप्रति पछिल्लो समय ग्रामीण क्षेत्रका बासिन्दाको आकर्षणसमेत बढ्दै गएको छ ।

गाउँगाउँमा विद्युत् विस्तार भएसँगै डिजेलबाट सञ्चालन हुने मिल भने पूर्णरुपमा विस्थापित भएका छन् । घरको पिँढीमै राखेर कुटनीपिसानी गर्न सकिने उक्त मिल यस वर्ष महाशीलाले १२ वटा वितरण गरेको छ ।

अहिले उक्त मिलको बजार मूल्य प्रतिगोटा रु ३८ हजार रहेकामा ढुवानी खर्चसहित कृषकलाई रु १९ हजारमा उपलब्ध गराइएको गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उच्चैले जानकारी दिनुभयो ।

उक्त गाउँपालिकाले यसअघि ५० प्रतिशत अनुदानमा कृषकलाई मिनिपावरटिलर (यान्त्रिक हलो) पनि वितरण गरेको थियो । चालु आर्थिक वर्षको बजेटले गाउँपालिकाका छवटै वडाका बासिन्दा लाभान्वित हुने गरी २४ वटा मिनिपावरटिल वितरण गरेको थियो ।

मोदीको बजेट झण्डै साढे ३६ करोड 

पर्वतको मोदी गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आगामी आर्थिक वर्ष ०७५÷०७६ का लागि रु ३६ करोड ३५ लाख ५० हजार बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गत आवमाभन्दा झण्डै रु एक करोड कमको बजेट सार्वजनिक गरेको हो । जसमध्ये चालुतर्फ रु तीन करोड ७४ लाख बजेट विनियोजन गरिएको छ भने पूँजीगततर्फ रु ११ करोड २२ लाख २५ हजार विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group