ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुक्तहलिया समुदायका महिला आत्मनिर्भर बन्दै


bhawani desk

 

कञ्चनपुर, २३ असार । कञ्चनपुर भीमदत्तनगरपालिका– ६ सुकासालका मुक्तहलिया समुदायका महिला डकर्मी सम्बन्धी तालीम लिएपछि आत्मनिर्भर बन्दै गएका छन् ।

दैनिक मजदुरी गरेर रु चार सय कमाउँदै आएका महिला तालीम पश्चात रु पाँच सयदेखि रु सात सयसम्म कमाउन थालेका हुन् ।

साँझ बिहानको खानाको जोहो गर्न र बालबालिकाको विद्यालय तथा लताकपडा खर्च जुटाउनका लागि श्रीमान्ले भारतमा मजदुरी गर्दै आउनुभएको छ, पुष्पा कोलीले भन्नुभयो, “त्यसबाट जीवका धान्न निकै मुस्किल छ ।”

मुक्तहलिया महिलाको जीवनस्तरमाथि उठाउनका लागि सञ्चालित दुई महिने तालीममा सहभागी भएपछि ज्यालामा बढोत्तरी भएको उहाँले बताउनुभयो ।

डकर्मीको कार्य गर्ने सीप नहँुदा मजदुरी गर्नुपर्ने विगतको बाध्यता रहेपनि हाल तालीम लिएपछि इँट्टा राख्ने, गाह्रो राख्ने र पिल्लर बाँध्ने कार्य गर्नसक्ने भएको उहाँले बताउनुभयो ।

यस कार्यले ज्याला बढेपछि परिबारको खर्च चलाउन उहाँलाई सहज भएको छ । तालीमका सहभागी जानकी टमटाका श्रीमान् समेत भारतको नयाँदिल्लीमा रोजागरीमा हुनुहुन्छ, घर बासका लागि मात्रै जग्गा भएका टमटाका परिवारको खर्च भारतकै कमाइले चल्दै आएको छ ।

श्रीमान्को कमाइले मात्रै चार जना परिवारको जीविका चलाउन मुस्किल हुन थालेपछि आफूले तालीम लिएपछि डकर्र्मीको कार्य गर्न थालेको बताउँदै जानकीले भनिन्, “श्रीमान्ले भारतबाट कमाउने पैसा भन्दा बढी डकर्मी पेशामा आवद्ध भएपछि कमाउन थालिएको छ ।”

उहाँले भनिन्, “महिलाले घरको कामकाज मात्रै गर्नुपर्दछ भन्ने मान्यतालाई तोड्दै महिलाले पनि पुरुष सरह कार्य गर्न सक्छ, श्रीमान्कै कमाइमै भर पर्नुभन्दा आफ्नै खुट्टामा उभिनुपर्दछ ।”

मजदुरी गर्दै आएका श्रीमान् भन्दा तालीमले गर्दा बढी पैसा ज्यालाबापत पाउन थालेको कलावती कामीले भन्नुभयो, “श्रीमान्लाई समेत अहिले तालीम लिनका लागि दबाब दिन थालेको छु ।”

घरको आर्थिक अवस्था कमजोर भएर सुना सार्किले बिचमै पढाइ छाडे पनि व्यावसायिक सीप सिकेर आत्मनिर्भर बन्नका लागि डकर्मीको तालीम लिनुभएको छ ।

प्रारम्भिक तालीम लिएर मात्रै पुग्दैन उहाँले भन्नुभयो, “थप तालीम पाए प्रशिक्षक बनेर आर्थिक रुपमा विपन्न वर्गका समुदायका व्यक्तिलाई तालीम दिई दक्ष बनाउने इच्छा भए पनि त्यो पूरा हुन पाएको छैन, निःशुल्क तालीम दिने सहयोगी संस्थाको खोजीमा छु ।”

आइएलओको आर्थिक सहयोगमा सञ्चालित ब्रिज परियोजना अन्तर्गतमुक्त हलियाका २५ जना महिलाले छ महिना अघि डकर्मीका तालीम लिएका हुन् । तालीम लिएकामध्ये थोरै महिला मात्र डकर्मी पेशामा आवद्ध भएका छन् ।

मुक्तहलियाका १२५ महिलालाई स्वरोजगार बनाउनका लागि केशशृङ्गार, मोबाइल मर्मत, मोटरसाइल मर्मत, पेन्टिङ र डकर्मी लगायतका तालीम दिइएको मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष सिबी लुहारले बताउनुभयो ।

तालीम लिएका अधिकांश स्वरोजगारमै आर्थिक रुपमा आत्मनिर्भर बन्न थालेको उहाँको भनाइ छ ।

अनुदानमा एक हजार बिरुवा 

शुक्लाफाँटा नगरपालिकामा फलफूल बगैंँचा स्थापनाका लागि ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गरिएको छ ।

नगरपालिकाको कृषि शाखाले अनुदानमा किसानलाई आँप, लिची, कटहर, मेवा, कागती, अनारलगायतका एक हजार बिरुवा वितरण गरेको हो ।

चार बिघा जग्गामा आधादर्जन बढी किसानलाई नमूना फलफूल बगँैंचा स्थापनाका लागि बिरुवा अनुदानमा उपलब्ध गराइएको कृषि शाखाका प्रमुख वीरबहादुर कुँवरले बताउनुभयो । “फलफूल उत्पादनमा नगरपालिकालाई आत्मनिर्भर बनाउनका लागि किसानलाई फलफूलका बिरुवा वितरण गरेका छौं”” उहाँले भन्नुभयो ।

यसैगरी, शाखाले टिस्युकल्चर गरिएका पाँच हजार केराका बिरुवा किसानलाई ५० प्रतिशत अनुदानमा वितरण गरेको छ । बिरुवा व्यावसायिक केराखेती गर्न उत्सुक १७ जना किसानलाई नौ जातका केराका विरुवा वितरण गरेको हो ।

केराका बिरुवा खरिदका लागि कृषि शाखाले रु एक लाख र किसानले रु एक लाख रकम लगानी गरेको कृषि शाखाका प्रमुख कुँवरले बताउनुभयो । अनुदानमा उपलब्ध गराइएका केराका बिरुवा तीन बिघा पाँच कठ्ठा जग्गामा किसानले रोपेको उहाँले बताउनुभयो ।

अनुदानमा उपलब्ध गराइएका केराले दश महिनाको अवधिमा रु १५ लाखभन्दा बढीको उत्पादन दिइने दाबी उहाँको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com