ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकाका नदी सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन


bhawani desk

 काठमाडौं,२३ असार । उपत्यकाको सभ्यताको स्रोत वाग्मती सफाइ महाअभियान शुरु भएको ३०० हप्ता हुन लाग्दा पनि नदीको सफाइमा खासै परिवर्तन आएको छैन ।

विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी प्रत्येक हप्ता नदी किनारमा जम्मा भएर सफाइ भने गर्छन् । सफाइ अभियानलाई फेसबुकमा सेल्फी खिच्नकै लागि शनिबार बिहान नदी किनारमा गएको आरोप लगाउनेको पनि कमी छैन ।

तर सफाइ महाअभियानले सामाजिक जागरण ल्याएकोमा भने आलोचक पनि सहमत छन् । जसका कारण हाल देशभर १०० स्थानमा सफाइ भइरहेको छ । सफाइमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका पूर्वमुख्यसचिव एवं चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले पटक ÷पटक दोहो¥याउने गर्नुभएको ‘वाग्मतीमा प्लाष्टिक टिपेर केही हुन्न, नटिपी पनि केही हुन्न’ भन्ने बाक्यांश भने महत्वपूर्ण छ ।

सफाइका बारेमा आएका नकारात्मक टिप्पणीलाई सम्बोधन गर्नुहुँदै उहाँले नागरिकलाई जिम्मेवार बनाउन सफाइ अभियान शुरु गरिएको बताउने गर्नुभएको थियो ।

उपत्यकाबाट ३३ मेट्रिकटन फोहर व्यवस्थापन 

उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३३ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
वाग्मती सफाइ महाअभियानको २६९ औँ हप्तामा गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाको सीमास्थित वाग्मती नदीको हनुमानघाट क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, गायत्री परिवार, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाइ, ठकुरी समाजलगायत २८ संस्थाका गरी ४३० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी माला खरेलले राससलाई जानकारी दिनुभयो ।

वाग्मती सफाइमा ब्लु क्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख आशिष घिमिरे पनि सहभागी हुनुभयो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २३० औँ हप्ताको कार्यक्रम पनि आज यसै स्थानमा गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिनुभयो । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाको महिला जागरण समूहले व्यवस्थापन ग¥यो । कुहिने फोहर खाडल खनेर पुरियो ।

विश्व सहकारी दिवसका अवसरमा रोयल सहकारी लगायतले कोटेश्वर महादेव मन्दिर अघिको वाग्मती किनारमा समी, तेजपत्तालगायत २१ बिरुवा पनि रोपियो ।

रुद्रमती सफाइको २२४ औँ हप्तामा रातोपुल–कालोपुल–ज्ञानेश्वर हुँदै सानो गौचरणसम्मको क्षेत्रमा जनचेतनामूलक अभियान गरी गोरखनाथ मन्दिर क्षेत्रमा सफाइ गरेर दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

रुद्रमती सरोकार समाजको नेतृत्वमा भएको सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूह, महानगरपालिका–ं ३० का अध्यक्ष दलबहादुर कार्कीलगायत २०० भन्दा बढी अभियन्ताको सक्रियता रहेको अभियन्ता रोहित गिरीले जानकारी दिनुभयो ।

विष्णुमती सफाइ अभियानको १९६ औँ हप्तामा टोखा नगरपालिकाको वडा नं ९ र तारकेश्वर नगरपालिका–१० स्थित मनमैँजु नयाँ पुल क्षेत्रमा सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी र अभियन्ता गरी २०० भन्दा बढी व्यक्तिको सहभागिता थियो । सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी विजेन लामाले जानकारी दिनुभयो ।

वाग्मती तिलगंगा खण्ड सफाइको १७१ औँ हप्तामा आँखा अस्पताल अघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा दुई दर्जन बढी महिलाको सक्रिय सहभागिता रहेको संयोजक आशा पाण्डेले जानकारी दिनुभयो ।

वाग्मती नदी किनारस्थित सुन्दरीघाट सफाइ अभियानको ७९ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ८० जना अभियन्ताको सहभागिता रहेकोे अभियानकर्मी चित्र सुनुवारले जानकारी दिनुभयो ।

मनोहरा नदी सफाइको ६७ औँ हप्तामा जडिबुटीस्थित बिपी आँखा अस्पताल अघिको नदी किनारमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइसँगै नदी किनारमा उम्रिएका पाँच हजार बोट गाँजा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरीको नेतृत्वमा नष्ट गरिएको अभियानकर्मी चन्द्र दंगालले बताउनुभयो ।

चक्रपथ सफाइको ६५ औँ हप्तामा वनस्थलीचोकबाट उत्तरतिर सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, लगायत संस्थाका गरी ४५० भन्दा बढी अभियन्ताको सहभागिता रहेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताउनुभयो । आजको सफाइबाट १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

आलोकनगर क्षेत्र सफाइको ६५ औँ हप्तामा त्यस स्थानमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । मातृशक्ति समूहले आलोकनगर र मीनभवन क्षेत्रमा सफाइ गर्दै आएको छ । सफाइसँगै वृक्षरोपण र जनचेतनामूलक कार्यक्रम पनि गरिएको संयोजक प्रमिला पौडेलले भन्नुभयो ।

चक्रपथ बाफल खण्ड सफाइको ४७ औँ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियानकर्मी ताराबहादुर कुँवरले बताउनुभयो ।

वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हाल देशभर १०० भन्दा बढी स्थानमा सफाइ शुरु भएको छ । देशभर भएका सफाइ अभियानबाट २० हजार मेट्रि«क टनभन्दा बढी फोहर व्यवस्थापन भएको छ ।

फोहरको परिमाण उपत्यकामा काठमाडौँ, ललितपुर महानगरपालिका एवं अन्य नगरपालिकाका सवारीले उठाउँदा मापन गरिएका आधारमा तथ्यांक सार्वजनिक गर्ने गरिएको सफाइ महाअभियानले जनाएको छ ।

अहिलेसम्म पाँच लाखभन्दा बढी मानिस सफाइमा सहभागी भएका छन् । सफाइ महाअभियानको अनुरोधमा सरकारले विसं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्ष समेत घोषणा गरेको छ ।

वाग्मती सफाइ महाअभियानले २०० हप्ता प्रवेश गरेका अवसरमा सरकारले सरसफाइ घोषणा पत्र नै जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com