ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३१, २०८३ आईतबार
```
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी ▶
नेपाल फिफा विश्वकपमा किन जान सकेन ? सुन्दर नरसिंह जोशी,अध्यक्ष, एनआरटी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भक्तपुरमा विकास निमार्णका कार्यले तीव्रता पायो


एबीसी न्यूज
असार २३, २०७५ शनिबार   १ : २०   बजे

भक्तपुर, २३ असार । कुनै समयको भक्तपुरको कर्णाली भनेर चिनीने भत्तपुर सुर्यविनायक नगरपालिका वडा नं ८ मा विकास निमार्णका कार्य तीव्र गतिमा भइरहेका छन् । विकास निमार्णले प्राथमिकता पाएपछि स्थानीयहरु खुशी छन् । विगतमा डर त्रासका साथ हिड्नु पर्ने बाध्यतामा रहेका स्थानीयबासीन्दाहरु अहिले भने आफुहरुले नसोचेको विकास भएको बताउ छन् ।

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ८ का विभिन्न स्थानमा धमाधम सडकहरु निमार्ण भइ रहेका छन । जहा सड्क निर्माण हुन्छ त्यहा विहानै देखि वडा नं ८ का वडा अध्यक्ष किरण थापासंगै हुन्छन् । वडाका विभिन्न स्थानमा जाने बाटो फराकिलो बनाउदा स्थानीय जनताहरुमा कुनै समस्या भएमा समाधान गर्न आफुले दैनिक सडक निर्माणलाई अनुगमन गरिरहेको वडा अध्यक्ष थापाको भनाइ छ ।
वडा भित्रका विभिन्न ठाउजाने बाटाहरु फराकिलो हुने भएपछि स्थानीय बासिन्दाहरु पनि खुशी छन् । कुनै बाटो १२ मिटर, कुनैबाटो ८ मिटर र कुनै ६ मिटर हुने भएपछि आफुहरुलाई अवका दिनमा आवतजावत गर्न सजिलो हुने स्थानीयको भनाइ छ ।

विगतमा बाटोको विकास नहुदा आफुहरुले विभिन्न समस्या भोगेको भएपनि अहिले आफुहरुका लागि बाटो महत्वपूर्ण भएको स्थानीयको भनाइ छ । कसैलाई काखा र कसैलाई पाखा नगरेको हुनाले विभिन्न ठाउमा निर्माण गरिएका बाटोमा कुनै विवाद नभएको स्थानीयको भनाइ छ ।

बाटो निर्माण गर्न स्थानीय सरकारको मात्रै भर नपरि प्रत्यक घरबाट पैसा उठाएर २ किलोमिटर बाटो निमार्ण गरेको उपभोक्ता समितिका अध्यक्षको भनाइ छ । सरकारको मात्रै मुख ताक्नु भन्दा स्थानीय जनताको सहभागितामा विकास निर्माणका कार्य गर्न सके सबैलाई राम्रो हुने उनको भनाइ छ ।

स्थानीय जनताको माग अनुसार नै आफुहरुले बाटो निर्माण गरेको वडा स्दस्यको भनाइ छ । उनले विगतमा स्थानीयबासीले कुनै काम गर्दा आफुहरुलाई समस्या भएको गुनासो गरेपनि अहिले आफुहरुलाई वडाले गरेका कार्यहरुमा रोकावट नभएको बताए । वडा कार्यालयले गरेका गतिविधिमा कसैले पनि तगारो बन्नेकाम नगरेको उनको दाबी छ ।सडकका लागि घरको आधा पर्खाल भत्किदा पनि आफुलाई कुनै दुख नभएको स्थानीयको भनाइ छ ।

सूर्यविनायक नगरपालिका वडा नं ८ ले गरेका विभिन्न कार्यहरु सर्वसाधारणको पक्षमा नभए जनताले नै जाच गर्ने अधिकार रहेको वडा अध्यक्ष थापाको भनाइ छ । विकास निर्माणले समृद्ध मुलुक बन्ने भएकाले नै आफु निर्वाचित भएपछि विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको उनको तर्क छ ।

आर्थिक रुपमा आफुले गल्ती गर्न नसक्ने भएकाले आफुलाई जनताले विश्वास गरिरहेको उनको भनाइ छ । सडक निर्माणका लागि कुनै पनि सथानमा जनताको भावना विपरितका कार्यभएमा आफुहरु जुन सुकै ठाउँमा उभिन तयार रहेको थापाको भनाइ छ ।
विकास हुनु सबैका लागि राम्रो कुरा हो तर विगतमा विकास नगरि विभिन्न बाहनामा आफ्नै खिल्ती भर्ने कार्य नभएका पनि होनन् । आफ्नो कार्यकालमा जनताको भावना विपरित कार्य गर्ने जो कसैलाई पनि नछोड्ने वडा अध्यक्ष थापाको प्रतिवद्धताले सार्थकता पाओस । प्रतिवद्धता कागजमा र शब्दमा मात्रै सिमित नहोस प्रत्यक्ष जनताको व्यवहारमा परिणत बन्न सकोस ।
भिडियो

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फिफा विश्वकपमा नेपाल किन छैन ? एनआरटी अध्यक्ष, जोशी , भिडियो

मनसुन शुरु भएसँगै इलाम सम्पर्कविहीन हुने उच्च जोखिममा

सम्बन्धित

आणविक प्रतिरोधको अनौठो पराजय र रणनीतिक स्थायित्वमा आउँदै गरेको संकट

बालसैन्य प्रयोगलाई गम्भीर मानव अधिकार उल्लंघनको रूपमा कानूनमा समेट्न सर्वोच्चको आदेश

स्पेसएक्सको ऐतिहासिक आईपीओ, एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर अर्बपति बन्ने संघारमा

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

रास्वपाको जिल्ला अधिवेशन: ५६ जिल्लामा सम्पन्न, १२ मा निर्वाचन जारी – जिल्लागत निर्वाचित नेतृत्वको विवरण

प्रधानमन्त्रीलाई गल्ती सच्याउन माग गर्दै सवै विपक्षीबाट संसद अवरोध, केही समयका लागि बैठक स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group