ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलको अभावबाटमुक्त गराउन अभियान


bhawani desk
असार २२, २०७५ शुक्रबार   २ : ५६   बजे

चितवन, २२ असार । बालीनालीका लागि आवश्यक खाद्यतत्व र माटोको उर्वराशक्ति वृद्धि गर्ने बहुतत्वयुक्त गैरअनुदानको मलबारे कृषकलाई बुझाउन अभियान थालिएको छ ।

कृषकलाई मलको अभावबाटमुक्त गराउन र जमिनको उर्वराशक्ति बढाइ उत्पादन वृद्धि गर्न सरकारी स्वीकृतिमा साल्टटेडिङ कर्पाेरेशन लिमिटेडले बिक्री गरिरहेको उक्त मलको विशेषता बुुझाउन गाउँगाउँमा अभियान थालिएको हो ।

हाल बिक्री शुरु भएको गैरअनुदानको रासायनिक मल अहिलेको अनुदानको मलभन्दा थप प्रभावकारी भएकाले कृषकलाई चेतना दिन अभियान थालिएको साल्टटे«डिङ कर्पाेरेशन चितवनका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिनुभयो । उक्त अभियान अन्तर्गत आजसम्म करीब ३०० किसानलार्ई भेटेर सो विषयमा जानकारी गराइएको छ ।

अभियान अन्तर्गत मल प्रयोग भएको बालीको समेत स्थलगत निरीक्षण र अनुगमन गर्ने तथा अवस्था बुझ्ने काम जारी छ । मल प्रयोग गर्ने एक कृषकको अनुभव अर्काे कृषकलाई सुनाउने कामसमेत भइरहेको कर्पाेरेशनका कर्मचारी विकास अधिकारी बताउनुहुन्छ । अहिलेसम्म जिल्लाका ५० वटा सहकारीमा पुगेर जानकारी दिइसकिएको छ ।

कृषि मन्त्रालयको मल विभागमा लामो अनुभव लिनुभएका मल सम्बन्धीका जानकार भगवान खतिवडा कर्पाेरेशनबले बिक्री गरिरहेको मल बोटबिरुवा र मोटोका लागि फाइदाजनक भएको बताउनुहुन्छ । सरकारी अनुदानको मल अभाव हुने भएकाले आपूर्ति सहज बनाउन र बोट बिरुवाका लागि चाहिने खाद्यतत्वको मात्रा बढी भएकाले गैर अनुदानको मल प्रभावकारी रहेको उहाँको भनाइ छ ।

“यसले माटोको उर्वराशक्ति बढाउँछ र खाद्यतत्व बढी भएकाले उत्पादनसमेत बढाउँछ, उहाँले भन्नुभयो ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठ युरिया डिएपीमा छुट्टै सल्फर हालिरहनुपर्ने भएकाले यो मलमा भने त्यही मिसिएर आएकाले छुट्टै हाल्नु नपर्ने बताउनुहुन्छ । साल्ट टे«डिङले अघिल्लो वर्षबाट उक्त मल बिक्री गर्न शुरु गरेको हो । एसएसपीको प्रति बोरा मलको मूल्य रु ९६५ पर्छ भने एमोनियम सल्फेटको रु एक हजार ३९० पर्छ ।

हालसम्म एसएसपी मल तीन हजार ६६५ बोरा र एमोनियम सल्फेट दुई हजार ८७८ बोरा बिक्री भैसकेको छ । विगतमा तोरीमा प्रयोग गरिएको उक्त मलले उत्पादनमा बृद्धि गरेको साल्ट टे«डिङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैं गरिवी झेल्नु पर्‍योः हर्कराज राई

अर्थतन्त्रको आधुनिकीकरण र सामाजिक न्यायका लागि करको दायरा विस्तारः अर्थमन्त्री डा. वाग्ले

सम्बन्धित

दुई चिकित्सकसहित ५ जनालाई पक्राउ

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group