ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिकाको सहयोगमा १२ लाखको छात्रावास निर्माण


bhawani desk

म्याग्दी, २२ असार । म्याग्दीको मंगला गाउँपालिका–५, अर्मनमा रहेको शिशुकल्याण माविमा चारकोठे छात्रावास भवन निर्माण भएको छ ।

गाउँपालिकाको सहयोगमा करीब रु १२ लाखको लगानीमा टाढाबाट अध्ययनका लागि आउने विद्यार्थीको आवासीय सुविधाका लागि छात्रावास भवन निर्माण भएको हो ।

वडाको प्रस्तावमा गाउँपालिकाको रु १० लाख अनुदान र स्थानीयवासीको रु दुई लाख १२ हजार ११३ बराबरको जनश्रमदानमा छात्रावास भवन निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर रोकाले बताउनुभयो ।

विद्यालयको पुरानो भवनमा तला थपेर छात्रावास बनाइएको हो । फर्निचरको व्यवस्था गरेर छात्रावास सञ्चालन गरिने विद्यालयले जनाएको छ । एसईई परीक्षाको तयारी र टाढाका विद्यार्थीलाई आवासीय सुविधाका लागि छात्रावास सञ्चालन गरिँदै आएको छ । कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

पर्यटकीयस्थलमा शौचालय निर्माण 

यसैबीच, म्याग्दीको प्रमुख पर्यटकीय स्थल अन्नपूर्ण गाउँपालिका–२, भुरुङ, तातोपानीमा सार्वजनिक शौचालय निर्माण भएको छ ।

भुरुङ तातोपानी कुण्डमा स्नान, अन्नपूर्ण चक्रिय पदमार्गको भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र बेनी–जोमसोम सडकमा आवतजावत गर्ने यात्रुको सुविधाका लागि सार्वजनिक शौचालय निर्माण भएको हो ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा रु आठलाख तीन हजारको लगानीमा शौचालय निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष श्याम रानाले जानकारी दिनुभयो ।

शौचालय निर्माणका लागि नेपाल सरकारको रु तीन लाख ९४ हजार ७७१, फिनल्याण्ड सरकारको रु एक लाख ८३ हजार ३३८, अन्नपूर्ण गाउँपालिकाको रु ३२ हजार ५०४, स्थानीयवासीको रु आठ हजार ३४ नगद र रु एक लाख ८४ हजार ७९१ बराबरको श्रमदान भएको छ ।

जिल्ला समन्वय समितिको सहजीकरणमा निर्माण भएको सार्वजनिक शौचालयको बिहीबार वडाध्यक्ष ओमप्रकाश फगामीले उद्घाटन गर्नुभएको थियो । सरसफाइ र पर्यटन प्रवद्र्धनका लागि सार्वजनिक शौचालय प्रभावकारी बन्ने वडाध्यक्ष फगामीले बताउनुभयो ।

बेनी-जोमसोम सडकअन्तर्गत कालीगण्डकी नदीको किनारमा अवस्थित प्राकृतिक तातोपानी संकलन गरिएको तलाउमा स्नानका लागि वार्षिक एकलाख जनाभन्दा बढी स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com