ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप २०१८ मा चम्किएका खेलाडी


एबीसी न्यूज


नेयमार जुनिय फरवार्ड, ब्राजिल

नेयमारको खेलको भन्दा पनि ‘अभिनय’को चर्चा धेरै भयो । तर जर्मनी क्लब पिएसजीका यी फरवार्डले मेक्सिकोसँग उत्कृष्ट खेले । लियोनल मेस्सी र किस्ट्रियानो रोनाल्डो घर फर्कंदै गर्दा उनले भने आफ्नो टिमलाई क्वाटरफाइनलमा प¥याए । उनले गरेको एक गोल र पासको मद्दतले नै ब्राजिलले मेक्सिकोलाई २–० ले हराउन सफल भयो ।

भिक्टर लिन्डेलोफ, स्वीडेन

स्वीडेनका भिक्टर लिन्डेलोफले आन्द्रेस ग्रान्भिस्तको पार्टनरसीपमा उत्कृष्ट खेल खेल्दै स्विडेनलाई गोल खानबाट बचाए । उनी चम्किएपछि स्विडेनले गएराति स्विजरल्याण्डलाई एक गोलले हरायो र क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो ।

उरुग्वेको लागि बलियो खम्बाका रुपमा प्रस्तुत हुँदै आएका डियगो गोडिन सेन्टरब्याक पोजिसनबाट खेल्दै आएका छन् । उनले क्रिस्टियानो रोनाल्डो र पोर्चुगलको आक्रमणलाई रोक्न सफल भए । खेलमा उरुग्वेले दुई गोल गर्दा पोर्चुगलले एक गोल मात्रै गर्न सक्यो र प्रतियोगिताबाट बाहिरियो ।

डियगो लाक्साल्ट लेफ्ट ब्याक, उरुग्वे

उरुग्वेका लेफ्ट ब्याक डिएगो लाक्साल्टले विश्वकप २०१८ मा आफ्नो उत्कृष्ट प्रदर्शन कायमै राखेका छन् । पोर्चुगलसँगको खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका उनले फरवार्ड एडिसन काभानी र सुआरेजलाई उत्कृष्ट पासहरू मिलाइदिएका थिए ।

पाउल पोग्बा सेन्ट्रल मिडफिल्डर, फ्रान्स

फ्रान्सले अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्दा पोग्बा फ्रान्सको खेलको मुटुको रुपमा प्रस्तुत भएका थिए, तर उनको खासै चर्चा भएन । मिडफिल्ड सम्हाल्दै आक्रमणका लागि राम्रो बनाउँदै उनले एमबाप्पे, ग्रिजम्यान र जिराउडलाई उत्कृष्ट पासहरू मिलाइदिएका थिए ।

इगोर अकिनफेभ (गोलकिप्पर), रुस

प्रि क्वारटफाइनलमा स्पेनका कोके र इयागो आसपासको पेनाल्टी रोकेका रुसी गोलकिपर इगोर अकिनफेव पेनाल्टी सुटआउटको नायक बने । उनले खेलमा धेरै उत्कृष्ट बचाउ गर्दै रुसलाई क्वाटरफाइनलमा पु¥याउन भूमिका खेले ।

मारियो फर्नान्डेज, रुस

राइटब्याक मारियो फर्नान्डेजले उत्कृष्ट प्रदर्शन गर्दै स्पेनको लेफ्ट विङ्गको चुनौतीलाई धेरै हदसम्म विफल बनाए । उनको उत्कृष्ट खेलसँगै रुस स्पेनसँग १–१ बराबरी खेल्दै पेनाल्टी सुटआउटमा पुग्यो । जसमा रुसले स्पेनलाई हराउँदै अन्तिम आठमा स्थान सुरक्षित ग¥यो ।

ताकासी इनुई सेन्ट्रल मिडफिल्डर, जापान

जापान अन्तिम १६ बाटै बाहिरिए पनि ताकासी इनुइले धेरै सुन्दर गोल गरेका थिए । जसले बेल्जियमलाई धेरै दबाबमा राखेको थियो । खेल अवधीभर उनको मिडफिल्ड मुभमेन्ट पास र ड्रिबलिङ उत्कृष्ट थियो । तर जापान प्रिक्वारट फाइनलबाटै बेल्जियमसँग पराजित भएको छ ।
किलियन एमबाप्पे फरवार्ड, फ्रान्स
फ्रान्सका १९ वर्षीय फरवार्ड किलिएन एमबाप्पे अर्जेन्टिनाविरुद्धको प्रिक्वारट फाइलन खेलका स्टार हुन् । उत्कृष्ट पेस र फिनिसको माध्यमले अर्जेन्टिनालाई नराम्रो हार चखाउँदै बिदा गरेका उनले आफूलाई विश्व फुटबलको उदाउँदो स्टारको रुपमा चिनाए । उनले उक्त प्रतियोगितामा दुई गोल गरेका थिए । जुन ब्राजिलका महान खेलाडी पेलेको बराबरी हो ।

एडिन्सन काभानी फरवार्ड, उरुग्वे

एडिन्सन काभानीको लोभलाग्दो प्रदर्शनकै आधारमा उरुग्वेले पोर्चुगललाई बिदा गर्दै विश्वकपको क्वाटरफाइनलका लागि आफ्नो स्थान सुरक्षित ग¥यो । उनले पोर्चुगलको पोस्टमा दुई गोल मात्रै गरेनन् लुइस सुआरेजसँग उनको पार्टनसीप पनि धेरै नै उत्कृष्ट थियो ।

क्रिस्टियानो रोनाल्डो फरवार्ड, पोर्चुगल

२०१६ को युरोकपको विजेता टोलीको क्याप्टेन क्रिस्टियानो रोनाल्डोले जारी प्रतियोगितामा चार गोल गरे । पहिलो खेलमा स्पेनविरुद्ध ह््याट्रिक गरेका उनले दोस्रो खेलमा मोरक्को विरुद्ध गोल गरेर गोल्डेन बुटको बलियो दाबेदारी प्रस्तुत गरे पनि उनको टोली प्रि क्वाटरफाइनबाटै बाहिरएपछि उनी गोल्डेनबुटको होडबाट बाहिरिएका छन् ।

 शुक्रबारबाट सेमिफाइनलमा पुग्नका लागि क्वार्टरफाइनमा पुग्ने टोलीहरुबीच भिडन्त हुनेछ। क्वार्टरफाइनलमा पुगेका टोलीहरु र उनीहरुबीचको भेट निम्न मिती र समयमा हुनेछः

             उरुग्वे भर्सेस फ्रान्सः असार २२ गते, साँझ ७ः ४५ बजे

             ब्राजिल भर्सेस बेल्जियमः असार २२ गते, राति ११ः ४५ बजे

             स्वीडेन भर्सेस इंग्ल्याण्डः असार २३ गते, साँझ ७ः ४५ बजे

             रसिया भर्सेस क्रोएशियाः असार २३ गते, राति ११ः ४५ बजे

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com