ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विभिन्न जातका फलफूलका बिरुवा निःशुल्क वितरण


bhawani desk

दाङ, २१ असार । तुलसीपुर उपमहानगरपालिका कृषि विकास शाखा कार्यालयले किसानलाई विभिन्न जातका फलफूलका नौ हजार बिरुवा निःशुल्क वितरण गरेको छ ।

ढुवानी अनुदान मात्र लिएर किसानलाई बिरुवा निःशुल्क वितरण गरेको हो । बीस हेक्टर जमीनमा कागती, आँप, अनार, लिची र कटहरका बिरुवा उत्पादन गरेर वितरण गरिएको शाखा प्रमुख तिलकबहादुर केसीले जानकारी दिनुभयो ।

कार्यालयले एक हजार ३०० बिरुवा आँप, अमरापाली जातका आँप तीन हजार ५००, अनार एक हजार १००, कागती चार हजार ५००, लिची एक हजार ८००, कटहर एक हजार र अम्बाका ४०० बिरुवा वितरण गरेको हो ।

यस्तै, चालू आर्थिक वर्षमा ५० प्रतिशत अनुदानमा कार्यालयले किसानलाई चार हजार केराका बिरुवा वितरण गरेको छ । रु ५० मूल्य पर्ने प्रतिबोट केरा रु २० मा वितरण गरेको कार्यालयले जनाएको छ ।

कार्यालयले २५ बोटभन्दा बढी केराका बिरुवा लगाउनेलाई निःशुल्क बिरुवा वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ । एक सय हेक्टर जमीनमा फलफूल खेतीका लागि तुलसीपुर उपमहानगरपालिको फलफूल खेती कार्यक्रमअन्तर्गत २३ हजार २०० केराका बिरुवा वितरण गर्ने कार्यक्रम रहेको शाखाका प्रमुख केसीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com