ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीप दुर्घटना हुंदा सात जना घाइते


bhawani desk

दार्चुला, १९ असार । महाकाली नगरपालिका–७ धापबाट जिल्ला सदरमुकाम खलंगाका लागि छुटेको म १ ज २६८ नं को जीप दुर्घटना हुंदा जीपमा सवार सात जना घाइते भएका छन् ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जीप वडा नं ७ मा रहेको मालिकार्जुन मावि धापको पर्खालमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी सोही ठाउँका १६ वर्षीय प्रतिभा जोशी र ४५ वर्षीय रमेश रैखोला गम्भीर घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि घर फर्काइएको छ भने गम्भीर घाइतेको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ । उनीहरुलाई २४ घण्टासम्म लागि अस्पतालमा राख्नुपर्ने चिकित्सकले बताएका छन् ।

दुर्घटना के कति कारणले भयो भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धानका लागि चालक भूपिराम महर र सहचालक नवीन विष्टलाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । पर्खालमा ठोक्किएको जीपको अगाडिको भागमा क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com